७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय डन लरेन्स विश्नोईको नाममा धम्क्याएको आरोपमा एक जना पक्राउ



अ+ अ-

काठमाडौं । भारतीय डन लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याउने एक जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले एक जनालाई पक्राउ गरेको हो ।

यद्यपि, पक्राउ पर्नेको नाम भने सार्वजनिक गरेको छैन । केही समयअघि विश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै चार व्यवसायीहरूले सीआईबीमा उजुरी दिएका थिए ।

व्यवसायीले भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको भनेपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।