३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

दशैंमा जेष्ठ नागरिक र दीर्घबिरामीलाई बचाऔं  : डा. रवीन्द्र पाण्डे

दशैंमा जेष्ठ नागरिक र दीर्घबिरामीलाई बचाऔं  : डा. रवीन्द्र पाण्डे
अ+ अ-

काठमाडौं उपत्याका लगायत देशका प्रमुख सहरमा कोरोना संक्रमण निकै फैलिएको छ । दशैंमा मान्यजनसंग टिका, जमरा लगाउने तथा आशिर्बाद ग्रहण गर्ने हाम्रो परम्परा रहेको छ । यसपटक हामी विषम परिस्थितिमा छौं । कोरोना संक्रमण भयो भने कसलाई कुन रुपमा असर गर्छ भन्ने यकिन छैन । देशैभरका अस्पतालका बेड, आइसीयु, भेन्टिलेटर संक्रमितले भरिएका छन् । यहि अवस्था रहेमा उपचार नपाएर मृत्यु हुने सम्भावना बढेको छ । तसर्थ निम्न लिखित उपाय अबलम्बन गर्न अनुरोध गर्दछु ।

१. जेष्ठ नागरिकलाई बचाऔं 
– दशैमा यो पटक हाम्रा पूजनीय तथा मान्यजनकहाँ टिका लगाउन जाने नगरौं ्र घरमा जेष्ठ नागरिक हुनुभएका परिवारका अन्य सदस्यले आफन्त तथा जेष्ठ नागरिकलाई संक्रमणबारे बताएर यो पटक फोन वा इन्टरनेटको माध्यमबाट मात्र आशिर्बाद तथा शुभकामना लेनदेन गरौँ । औपचारिकता निभाउँदा वा कसले के भन्ला ? भनेर चाडपर्व मनाउँदा जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई संक्रमण सर्यो भने उहाँहरुको जीवन नै जोखिममा पर्न सक्छ । तसर्थ पहिले खोप लगाऔं अनि टिका लगाउँला ।

– आदरणीय छोरा, बुहारी, छोरी, ज्वाईं, भान्जा, भान्जी, नाति, नातिनी तथा छिमेकीगणहरुले यो पटक आफ्ना बुवा, आमा, हजुरबुवा, हजुरआमा, मामा, माइजु, काका, काकी, सासु, ससुरा लगायत मान्यजनलाई आफैले फोन गरेर यो पटक हामी आउदैंनौं भनेर कन्भिन्स गरौँ ।
– हाम्रा उमेर पुगेका जेष्ठ नागरिकले कोरोना संक्रमणको गम्भीरता नबुझेर वा अर्को साल के हो ? के हो ? भन्ने सोंचेर टिका लगाउने ढिपी गर्न सक्नुहुन्छ ्र उहाँहरुलाई कन्भिन्स गरेर हुन्छ कि सुरक्षित ठाउँमा राखेर हुन्छ, यो ब्यबस्थापन गर्ने जिम्मेवारी पुरा गरौँ ।

२. काठमाडौं लगायत सहरमा बसिरहेकामध्ये जुन व्यक्ति तथा परिवार माघसम्म गाउँमा बस्ने, महामारी र महंगीबाट बच्ने तथा गाउँमा नै केहि गर्ने सोंच छ भने उहाँहरु गाउँ जानु सुरक्षित हुन्छ । तर कर्मचारी र ब्यापारी आदि जो टिका लगाएर तुरुन्तै फर्किने सोंचमा हुनुहुन्छ भने कृपया गाउँमा नजानुहोला ्र हाम्रो कारण मान्यजनलाई रोग सर्यो र उहाँहरुलाई जोखिम भयो भने जीवन पश्चातापमा बिताउनुपर्ने हुन्छ । तसर्थ लामो समय गाउँमा बस्न नमिल्ने व्यक्तिहरु अहिले जो जहाँ छौं, त्यहिं बसौं ।

३. घरबाहिर जस्तै आँगन, बरण्डा तथा कम्पाउण्डभित्र खुला ठाउँमा बसेर, सबैले मास्क लगाएर, टिका लगाइदिने व्यक्तिले सम्भव भएमा मास्क तथा फेस सिल्ड लगाएर, प्रत्येक पटक ह्याण्ड स्यानिटाइजरले हात सफा गरेर तथा दुरी कायम गर्न हातमा टिका र जमरा दिने गरौँ । टिका लगाउने ठाउँमा एकपटक पनि मास्क नखोलौं । दक्षिणा खामभित्र राखेर मात्र दिने गरौँ । टिका लगाउने ठाउँमा पानी, खाना, खाजा, चिया आदि यसपटक केहि पनि खानपिन नगरौं । यसो गर्दा मास्क खोल्नुपर्दैन, सामानबाट भाइरस सर्दैन । टिका लगाउने ठाउँमा १-२ मिनेटभन्दा धेरै नबसौं । टाढा बसेर पालो कुरौं १

४. बलि, जात्रा, पारम्पारिक नाचगान तथा भेटघाट यो पटक स्थगित गरौँ ।

५. बालबालिका, जेष्ठ नागरिक तथा दीर्घबिरामी गाउँ जानु परेमा सार्वजनिक यातायात प्रयोग नगरौं । माइकोबस वा टाटा सुमो रिजर्भ गरेर जाने गरौँ । एकै ठाउँ जाने व्यक्तिहरुले बस रिजर्भ गरेर जाँदा थप सुरक्षित हुन्छ ।

६. दशैं, तीहार, न्युंदयाँ आदि चाडपर्वमा मानिसको आवतजावत र ओहोरदोहोर रोक्नको लागि सरकारले बिशेष सुरक्षा योजना कार्यान्वयन गरोस् । भन्न नमिल्ने, यो १ महिना जनतालाई राहत दिएर तथा व्यवसायीलाई सहुलियत दिएर कडा कर्फ्यु वा लकडाउन गर्ने हो भने  महामारी ६० ५ भन्दा धेरै नियन्त्रण हुनेथियो । लाखौं व्यक्तिलाई संक्रमणबाट बचाउन सकिन्थ्यो । अस्पतालले धान्ने अवस्था आउने थियो । यसै पनि  चाडपर्वमा ब्यापार हुँदैन ।

७.  सहि तरिकाले अनिबार्य रुपमा मास्क लगाउने, सुरक्षा दुरी कायम गर्ने, भीडभाड नगर्ने, भीडमा नजाने, भेन्टिलेसन भएको ठाउँमा बस्ने तथा हातको नियमित सफाइ गर्ने कुरामा हामी लापरबाह हुने हो भने हामीलाई प्रत्येक पाइलामा खतरा छ । संक्रमण भएर अस्पतालमा बस्नुपर्यो भने त्यो अवस्था अकल्पनीय हुनसक्छ । तसर्थ हामी सबैले स्व अनुशाशन पालना गरौँ ।

८. सरकारले ब्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेर हरेक टोल, बस्ती, गल्ली आदिमा गस्ती गर्ने, माइकिंग गर्ने, अनुगमन तथा निगरानी राख्ने गर्नु ढिलो भइरहेको छ । जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने व्यक्तिलाई पालना गराउने, जरिवाना लगाउने तथा राज्यसँग विश्वास र डरको बाताबरण बिकास गर्ने काममा राज्य असफल हुनु हुँदैन ।

९. खसी बजार, तरकारी पसल, फुटपाथ पसल आदिलाई खुला ठाउँमा मापदण्ड अपनाएर संचालन गर्ने र गराउनेमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । 

१०. धेरै संक्रमितले परिक्षण गरेका छैनन्, संक्रमितले पनि आफ्नो पहिचान लुकाएका छन्, लक्षणविहिन संक्रमित धेरै छन् । दैनिक परिक्षणमा २० – ३० ५ संक्रमित देखिएका छन् । यसको अर्थ हरेक ५ जनामा १ जना संक्रमित छन् । चाडपर्वको भीडभाडले संक्रमण फैलिने निश्चित अवस्था छ । आइसीयु, भेन्टिलेटर, क्रिटिकल केयर बिज्ञहरु र नर्सहरु मात्र हैन आइसोलेसन बेडको पनि अभाव भइसकेको छ । त्यसैले आफ्नो, परिवारको, आफन्तको तथा समाजको जीवनरक्षा गर्नु हामी सबैको कर्तब्य हो । चाडपर्व हरेक साल हुन्छन् तसर्थ यो पटक जोखिम बर्गलाई बचाउने काम गरौँ । यसबाट हामी सबैलाई ठूलो पून्य आर्जन हुनेछ ।