३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्युचाटारमा आउटडोर फिटनेस पार्क



अ+ अ-

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–९, स्युचाटारमा आउटडोर फिटनेस पार्क (खुला ब्यायामशाला) सञ्चालनमा आएको छ । नागार्जुन नगरपालिकाको सहयोगमा तारकेश्वर युवा क्लबले निर्माण गरेको आउटडोर फिटनेस पार्कको शनिबार पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरेका छन् ।

करिब ११ रोपनी क्षेत्रफलमा बालबालिकादेखि जेष्ठ नागरिकसम्मलाई समेट्ने गरी खुला पार्क निर्माण गरिएको तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए । ‘नगरवासीलाई स्वस्थ्य बनाउनका लागि पहिलो पटक खुला ब्यायामशालाको अवधारणा ल्याएको हो’, अध्यक्ष बुढाथोकीले भने, ‘बच्चादेखि जेष्ठ नागरिकसम्मलाई स्वस्थ्य राख्ने अभियानअन्तर्गत खुला ब्यायामशालासहितको पार्क निर्माण गरिएको हो ।’

पार्कमा आउटडोर ब्यायामशालासँगै मर्निङ वाक ट्रयाक, बाल उद्यान, बहुउद्देशीय कभर्डहल, सेभेन ए साइड फुटबल मैदानलगायतका पूर्वाधार निर्माण गरिएको छ ।

फिटनेस पार्कमा ब्यायामका लागि अत्याधुनिक विभिन्न १६ वटा उपकरण जडान गरिएको छ । जहाँ सबै उमेर समूहका मानिसले जुनसुकै समयमा पनि ब्यायाम गर्न सक्ने छन् । 

पार्कको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री सिंहले अहिलेको महामारीको समयमा सामुदायिक पार्क अत्यन्त आवश्यक रहेको औंल्याउँदै सबैलाई स्वस्थ राख्नका लागि नागार्जुन नगरपालिका र तारकेश्वर युवा क्लबले सञ्चालन गरेको अभियानको प्रशंशा पनि गरे ।

सबै नगरवासीलाई स्वस्थ्य राख्नका लागि नेपालमै पहिलो पटक उत्कृष्ट उपकरणसहितको आउटडोर फिटनेस पार्क निर्माण गरिएको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले बताए । उनले पहिलो चरणमा वडा नम्बर ९ बाट सुरु भएको अभियान १० वटै वडामा विस्तार गरिने प्रतिवद्धता जनाए ।

तारकेश्वर युवा क्लबका अध्यक्ष बुढाथोकीले पहिलो चरणमा खुला ब्यायामशाला निर्माण सम्पन्न गरी उद्घाटन गरिएको जनाउँदै यो आर्थिक वर्षभित्र अन्य सबै पूर्वाधार निर्माण सम्पन्न गरिसक्ने जानकारी दिए ।