• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित

शिखर धवनको सतक, धोनीको चेन्नाई फेरि पराजित



दुबईः इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) का खेलहरुमा जित हारको शृंखलामा देखिएका उतारचढाबका कारण वास्तवमै रोमाञ्चक हुँदै गएका छन् । सिरिजमा सबै टिम सशक्त छन् र जस्तोसुकै नतिजा आउन सक्छ ।

शनिबारको दोस्रो खेल पनि त्यस्तै भयो । तीन पटकको आइपिएल च्याम्पियन चेन्नाई सुपर किंग्सलाई यसपटक सशक्त प्रदर्शन गरिरहेको दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा पाँच विकेटले पराजित गरिदियो ।

खेलका नायक बने बायाँ हाते ब्याट्सम्यान शिखर धवन । उनले दिल्लीका लागि ५८ बलमा अविजित १०१ रन बनाए । उनको आइपिएलमा यो पहिलो शतक हो । उनले १४ चौका र १ छक्का प्रहार गरेका थिए ।

तर अन्तिम ओभरमा दिल्लीलाइ १७ चाहिएकाे थियाे । अक्षर पटेलले ५ बल खेल्दै लगातार तीन छक्का प्रहार गरी २१ रन बनाएका थिए ।

यस खेलमा दिल्लीका लागि कप्तान श्रेयस ऐयरले २३, मार्कस एस्टोइनसले २४ रनको योगदान दिएका थिए ।

यसअघि टस जितेर चेन्नाईले ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभरमा चेन्नाईले ४ विकेटको क्षतिमा १७९ रन बनाएको थियो । चेन्नाईका लागि फाफ डु प्लेसिसले ५८, सेन वाट्सनले ३६, अम्बाटी रायडुले ४५ तथा रविन्द्र जडेजाले १३ बलमा ३३ रन बनाएका थिए ।

कप्तान एम एस धोनी भने ३ रनमात्र बनाएर आउट भए ।

यो जितसँगै दिल्ली क्यापिटल्सले ९ खेलबाट १४ अंक बटुल्न सफल भएको छ । अंक तालिकामा दिल्ली पहिलो स्थानमा छ ।

चेन्नाई भने ९ खेलबाट ६ अंक सहित छैटौं स्थानमा छ । आइपिएलमा कूल ८ वटा टिमले भाग लिएका छन् ।

अंक तालिका