काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले पोखराबाट काठमाडौं ल्याउँदैछ ।
लामिछानेलाई बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याउन लागिएको हो । उनी सवार जहाज पोखराबाट भर्खरै उडेको स्रोतले बतायो ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
बयान सकिएपछि उनलाई पुनः कास्की नै लगिने छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो । लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।