२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अव्यवस्थित शहरीकरण नेपालको चुनौति: उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित शहरीकरण नेपालको चुनौतिको विषय बनेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राकृतिक घटनाहरू मात्र नभइ पछिल्लो समय अव्यवस्थित शहरीकरण, अनियन्त्रित र अनियोजित पहाडी भेग र नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि समस्या व्यहोरिरहेको बताउनु भयो । उहाँले नेपाल बारम्बार भूमकम्पीय प्रकोपको चपेटामा परेको उल्लेख गर्दै भारी वर्षा र भारी हिमाली भूगोलले बाढी र पहिरोको जोखिम बढाएको बताउनु भयो । उपप्रधानमन्त्री सिंहले हालैका वर्षहरुमा जलवायु परिवर्तनको प्रभावले हिमालयको हिउँ बढी पग्लिएको, हिमताल फुट्ने लगायतका विपद्हरु भोग्नुपरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देश र दक्षिण एशियाको यो क्षेत्र बारम्बार भूकम्पीय प्रकोपको चपेटामा परेको छ । त्यसमाथि, भारी वर्षा र भारी हिमाली भूगोलले यस क्षेत्रलाई पहिरो र बाढीको जोखिममा पारेको छ । यसबाहेक हालैका वर्षहरूमा ग्लोवल वार्मिङ र जलवायु परिवर्तनको प्रभावले हिमालयका हाम्रा ग्लेशियर तालहरूमा ठूलो परिवर्तन ल्याएको छ । जसले ग्लेशियर लेक प्रकोप बाढीको जोखिमलाई बढाएको छ । हिमनदीका टिपहरू र पहाडको बरफ पग्लने दर बढ्दै गएको छ । जुन वास्तवमा हाम्रो क्षेत्रमा वातावरणीय ह्रासको कारण होइन तर यो विश्वका ठूला अर्थतन्त्रहरूको कारण हो । हामीसँग विज्ञान र इन्जिनियरिङको क्षेत्रमा जियोहाजार्ड्स, जियोडिजास्टरहरू र जियोटेक्निकल इन्जिनियरिङलगायतका क्षेत्रमा धेरै फरक चुनौतीहरू छन् । हामीले प्राकृतिक घटनाहरू मात्र होइन तर पछिल्लो समय अव्यवस्थित शहरीकरण, अनियन्त्रित र अनियोजित पहाडी भेग र नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि वास्तवमै सबैभन्दा बढी पीडित छौं ।’

कोभिड–१९ को विश्वव्यापी प्रभावसँगै बाढी र पहिरो लगायतका विपत्तिले १० वर्षमा नेपालको राष्ट्रिय अर्थतन्त्रमा ठूलो असर पारेको बताउनु भयो ।