२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

स्वास्थ्य मन्त्रालयको नयाँ मापदण्डः घरमै आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भए आफन्तले नै शव व्यवस्थापन गर्न पाउने

स्वास्थ्य मन्त्रालयको नयाँ मापदण्डः घरमै आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भए आफन्तले नै शव व्यवस्थापन गर्न पाउने
अ अ+ अ-

काठमाडौँ । घरमै आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्न मिल्ने गरी स्वास्थ्य मन्त्रालयले नयाँ मापदण्ड बनाएको छ । मन्त्रालयले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि संशोधन गरेको हो । यसअघिको मापदण्डमा अस्पतालमा मृत्यु भएका संक्रमितको व्यवस्थापन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० ले मात्रै गर्न सक्ने नियम थियो । घरमै मृत्यु भएमा के गर्ने भन्ने कार्यविधिमा समेटिएको थिएन । पछिल्लो समय अस्पताल र आइसोलेसन सेन्टरमा भन्दा होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएपछि मन्त्रालयले सर्वसाधारणले भोगेको समस्या हटाउन यस्तो मापदण्ड तय गरेको जनाएको छ । ‘अस्पतालमा मृत्यु भएकाको शव सेनाको टोलीले व्यवस्थापन गरिरहेका छन् । मृतकको संख्या बढ्न थालेपछि व्यवस्थापनसमेत केही ढिलाइ हुन थालेको छ,’ स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘घरमै मृत्यु हुनेको सवालमा स्थानीय तह र प्रहरीलाई खबर गरेर आफन्तले व्यवस्थापन गर्न सकिने कार्यविधिमा थप गरेका हौं ।’

काठमाडौंमा एक साताअघि घरमै आइसोलेसनमा बसेका बेला मृत्यु भएपछि तत्काल शव व्यवस्थापन हुन नसक्दा आफन्तले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई समेत गुहारेका थिए । ‘आफन्तले व्यवस्थापन गर्न चाहँदा पनि कानुनी अड्चन थियो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘त्यसैलाई फुकाउन आफन्तले शव ब्यागमा राखेर सुरक्षाको मापदण्ड अपनाई परम्पराअनुसार अन्त्येष्टि गर्न सकिने मापदण्ड तय गर्नुपरेको हो ।’ काठमाडौं उपत्यकामा संक्रमितको मृत्यु भए तीन जिल्लाका सेनाको टोलीले पालैपालो व्यवस्थापन गरिरहेका छन् । एकै दिन फरक जिल्लामा एकभन्दा बढीको मृत्यु भएमा एउटै टोलीले व्यवस्थापन गरेर क्वारेन्टाइन बस्ने गरेको छ । एक दिन एउटा जिल्लाको टोली परिचालन हुन्छन् भने अर्को दिन अर्को जिल्लाको टोली शव व्यवस्थापनमा खटिने गरेको छ ।

घरमै मृत्यु भए के गर्ने ?
घरमै संक्रमितको मृत्यु भएमा आफन्तले नै व्यक्तिगत सुरक्षा सामग्री पन्जा, मास्क, पूरा बाहुला भएको गाउन प्रयोग गरी शवलाई र्‍याप गरी ब्यागमा राख्ने काम गर्नुपर्छ । ‘परिवारका सदस्यहरू र अन्तिम संस्कारमा संलग्न हुने व्यक्तिहरूले सजगता अपनाई अन्त्येष्टि कार्य गर्नुपर्छ,’ नयाँ मापदण्डमा भनिएको छ, ‘यस्तो कार्यमा बच्चा र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलगायत जोखिम समूहमा पर्ने व्यक्तिहरूलाई समावेश गराउनु हुँदैन ।’ आइसोलेसनमा राखेको स्थानरकोठामा शव बोक्ने गाडीसम्म शव पुर्‍याउने काममा समेत मृतकका आफन्त सहभागी हुनुपर्ने मापदण्डमा उल्लेख छ । यसअघि शव व्यवस्थापनमा प्रत्यक्ष सहभागी हुन नपाउने हुँदा एक मिटर टाढै बसेर हेर्ने मृतकका नातेदारले पन्जा र सर्जिकल मास्क मात्रै लगाउनुपर्ने व्यवस्था थियो ।

घरमै मृत्यु भएकाको शव व्यवस्थापन मापदण्डअनुसार आफन्तले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्ने हुन्छ । स्थानीय तहले जिल्ला समन्वय समिति वा डीसीसीएमसीलाई खबर गर्नेछ । त्यसपछि आवश्यक सामग्रीसहितको शव व्यवस्थापन गर्न टोली खटिनेछ । आफन्तले नै पीपीई लगाई शवलाई पोका पारेर बडी ब्यागमा राख्नुपर्छ । परिवारका सदस्यहरूले अनुहार हेर्न चाहेमा बडी ब्यागमा राख्नुअघि नै दुई मिटरबाट हेर्न सकिन्छ । यसरी पोका पारेको शवलाई डीसीसीएमसीका टोली वा आफन्तले शव वाहन तथा अन्य साधनमा राखेर अन्त्येष्टि गर्न लैजाने स्थानसम्म पुर्‍याउनुपर्ने हुन्छ । कार्यविधिमा भनिएको छ, ‘शवलाई बडी ब्यागमा राखेपछि खोलेर हेर्न मिल्दैन ।’

फेरियो परिभाषा
कोभिड–१९ को लक्षण तथा चिह्न भएका, प्रयोगशाला निदानका आधारमा सम्भावित वा कोरोना पुष्टि भएर मृत्यु भएका सबैलाई कोरोनाबाट मृत्यु भएकोमा गणना गरिने भएको छ । यसअघिको कार्यविधिमा अन्य कारणबाट मृत्यु भएमा कोरोनाकै कारण मृत्यु भएको नमान्ने कार्यविधि थियो । अब भने लक्षण, चिह्न र प्रयोगशालाको निदानका आधारमा सम्भावित वा पुष्टि भएका केसलाई समेत कोरोनाले मृत्यु भएको मानिने गरी परिभाषा नै परिवर्तन गरिएको हो । कान्तिपुर दैनिक