२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

दशैंमा कोरोना संक्रमणबाट कसरी बच्ने ? यसो भन्छन् विज्ञहरु…

दशैंमा कोरोना संक्रमणबाट कसरी बच्ने ? यसो भन्छन् विज्ञहरु…
अ अ+ अ-

काठमाडौँ । विज्ञहरूले दसैंमा अत्यधिक आवतजावत हुने भएकाले काठमाडौं उपत्यकाबाट कोभिड–१९ संक्रमण देशभरि फैलिन सक्ने चेतावनी दिएका छन् । बस र साना गाडीमा कोचिएर यात्रा गर्ने भएकाले भाइरसको विस्तार धेरै हुने सम्भावना रहेको उनीहरूले बताएका हुन् । त्यसैले स्वास्थ्य सावधानी अपनाएर दसैंमा यात्रा गर्न विज्ञहरूले सुझाएका छन् ।  ‘दसैं–तिहार मान्न काठमाडौं छोड्नेहरूको संख्या बढ्दो छ,’ त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले भने, ‘यसरी उपत्यका बाहिरका गाउँ र सहरमा कोभिड भाइरस पुग्छ ।’ हटस्पटको रूपमा देखिएका उपत्यकाबाट घर जानेहरूबाटै संक्रमण नदेखिएका नयाँ ठाउँमा द्रुत गतिले संक्रमण सर्ने देखिन्छ । उनले खासगरी रात्रिबसमा झ्यालढोका बन्द हुने भएकाले हावा ओहोरदोहोर नहुँदा संक्रमणको विस्तार सजिलै हुने बताए । अझ रात्रिबसमा सुत्दा मास्क नलगाए र एसी बस भए झन् बढी संक्रमणको सम्भावना हुने उनको भनाइ छ ।

माइक्रो बसलगायत साना गाडीहरूमा समूहमा टाढा–टाढाको यात्रा गर्नु संक्रमणको दृष्टिकोणले झन् जोखिमपूर्ण भएको डा. दासले बताए । ‘एक जनाले रात्रिबसमा भएका ९० प्रतिशतसम्म व्यक्तिमा कोभिड सार्न सक्छ,’ उनले भने, ‘यो भाइरस १५ मिनेटभन्दा बढीको निकट सम्पर्कमा रहँदा सर्ने सम्भावना बढी हुन्छ, त्यसमा पनि झ्यालढोका थुनिएको बसमा त घण्टौं बस्नुपर्ने भएकाले एक जना संक्रमित नै भाइरस सार्न काफी छ ।’ दसैं मनाउन घर जाँदा काठमाडौं उपत्यकामा स्वाभाविक जनसंख्या घट्ने भएकाले संक्रमणको विस्तारमा केही कमी हुन सक्ने सम्भावना भए पनि पुनः तिहारपछि संक्रमणको दोस्रो लहर आउने विज्ञहरूको विश्लेषण छ । हाल उपत्यका र प्रदेश १ बाहेक अरू प्रदेशमा कोरोना संक्रमण भयावह रूपमा देखिएको छैन । दसैं–तिहारपछि उपत्यका फर्किनेहरूको लर्को लाग्ने समय राजधानीमा जाडो सुरु भइसक्छ । हाल युरोपेली मुलुकमा जाडो सुरु हुनासाथ कोभिड संक्रमणको नयाँ उचाइ ९पिक० देखिएको छ । ‘तिहारपछि देखिने कोभिड संक्रमणको ‘पिक’ जाडोसम्म जान्छ,’ डा. दासले भने ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले दसैं–तिहारपछि कोभिडको अर्को तरंग उपत्यकामा आउन सक्ने जनाउँदै सावधानी अपनाउनुपर्ने बताए । ‘जाडोमा भाइरस बढी सक्रिय हुन्छ, यसैले सबैलाई जहाँ हुनुहुन्छ त्यहीं सुरक्षित रहेर दसैं मनाउन भनेका छौं तर उपत्यका छोड्नेहरू दिनहुँ बढ्दै छन्,’ उनले भने । वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तले यस पटक सकेसम्म दसैं–तिहारमा यात्रा नगर्न आग्रह गरे । ‘यस पटकको दसैं भौतिक रूपमा भन्दा पनि भावनात्मक रूपमा मनाऔं, सम्झौता गरौं, स्थिति जटिल छ । पोहोरजस्तै सबै कुरा नखोजौं । जहाँ छौं त्यहीं दसैं मनाऔं,’ उनले भने । जाडोमा उपत्यकामा झ्यालढोका थुनेर एउटै कोठामा बस्नेसुत्ने आदि गर्दा संक्रमणको विस्तारमा झन् सघाउने विज्ञहरूले बताएका छन् । चाडपर्वमा धेरै व्यक्ति एउटै कोठामा कोचिएर घण्टौंसम्म तास खेल्ने, धूमपान र मदिरा सेवनले संक्रमण बढ्ने डा. दासले बताए । ‘दसैं–तिहार सुरक्षासाथ मनाउनुस्, मन्दिर नजाँदा नै जोगिइन्छ, समूहमा गर्ने काम नगरौं,’ उनले भने । उनले टीका थाप्ने क्रममा हुने निकट सम्पर्क र अधिकतम बसाइले संक्रमणको जोखिम झन् बढाउने र टीका थाप्ने क्रममा बूढापाका, दीर्घ रोगीहरूमा संक्रमणको बढी जोखिम देखिने जनाए ।

बूढापाकाबाट टीका थाप्न सकेसम्म भर्चुअल माध्यम उपयोग गर्ने वा विकल्प नभए दुवै जनाले मास्क लगाएर हात सेनिटाइज गरेर टीका थापेर तुरुन्त निस्किनुपर्ने डा. बाँस्तोलाको सुझाव छ । ‘जति बढी समय भेटघाट, सम्पर्क त्यति बढी संक्रमणको जोखिम हुने भएकाले टीका थाप्नै परे खुला ठाउँमा तुरुन्त लगाएर हिँड्नुपर्छ,’ उनले भने । दसैं–तिहार मनाउन उपत्यका बाहिर जानेहरूलाई स्थानीय निकायले दुई सातासम्म क्वारेन्टाइन बस्नुपर्ने र त्यसपछि मात्र समाजमा घुलमिल गर्न दिने नियम कायम गर्नुपर्ने विज्ञहरूको भनाइ छ । यसले गर्दा उपत्यकाको संक्रमणको तरंग मुलुकको अन्य भागमा सल्कन कम हुनेछ । दुई साता क्वारेन्टाइन बस्न नचाहनेहरूले एक साता क्वारेन्टाइनमा बसेपछि पीसीआर गराउँदा रिपोर्ट नेगेटिभ देखिए मात्र समाजमा घुलमिल गर्न दिनुपर्ने डा।दास बताउँछन् । राजधानीबाहिर जानेहरूलाई अनिवार्य क्वारेन्टाइनसम्बन्धी बाध्यताले अनावश्यक यात्रामा कमी आउन सक्ने सम्भावना रहन्छ । चाडपर्वको समय र चिसोमा संक्रमण बढ्ने खतरा भएकाले आगामी ३ देखि ४ महिना नेपालीहरूले थप स्वास्थ्य सजगता अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ । कान्तिपुर दैनिक