१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन

भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सो परियोजनाको मोडालिटीबारे सत्तारुढ दल काँग्रेस–एमालेभित्र नै फरक धारणा आईरहेका बेला उहाँले त्यसलाई गिजोल्न गरी विवादमा तान्न नहुने बताउनुभएको हो ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सो परियोजना चीनसँगको द्विपक्षीय सम्बन्धको मामिला भएकाले त्यसमा अन्य राष्ट्रले चासो लिनु उचित नभएको बताउनु भयो । उहाँले नेपालले कुनैपनि देशको अहित नचाहने भएकाले अन्य देशले पनि नेपालको आन्तरिक मामिलामा चासो लिन नहुने स्पष्ट पार्नुभयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो,‘अरु देशका जेनुन इस्युहरुलाई, इन्ट्रेस्टहरुलाई हार्म गर्दैन हाम्रा पोलिसीहरुले, हामीले लिने नीतिहरुले हाम्रा अरु छिमेकीहरु वा अरु देशहरुको आधारभुत हितलाई चुनौति खडा नगरुन्जेलसम्म अरुले चासो राख्नु उचित पनि होइन । र चासो राख्नुभयो भने सरी यो हाम्रो बाइलेटरल मामिला हो है, तपाईहरुले नेपाललाई विश्वास गर्नुस्, हामीले हाम्रा भूमि तपाईहरुको विरुद्ध प्रयोग हुन दिँदैनौं ।

हाम्रा कुनै पनि पोलिसीहरुले तपाईहरुलाई अफ्ठ्यारोमा पर्न दिँदैनौं । हामी कुनै एलाईन्समा जोडिएर तपाईहरुको हितलाई प्रतिकुल प्रभाव पार्दैनौँ । हामी हाम्रो राष्ट्रिय हितलाई ध्यानमा राखेर अगाडि बढ्ने हो । यो बाईलेटरल मामिला हो । यसमा कृपया हामीलाई ट्रष्ट गर्नुस् । हामीलाई डिल गर्न दिनुस् भनेर नै जानुपर्ने हुन्छ । जति जति हामी गिजोल्छौं, आन्तरिक मामिलामा विवादित हुन्छौं, त्यतित्यति अरुहरुको सरोकार बढ्दै जाने एउटा स्थिति हुन्छ । त्यस्तो गर्न दिनुहुन्न भन्ने मलाई लाग्छ ।’

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले सो परियोजनालाई राष्ट्रिय सहमती जुटाएर मात्रै अघि बढाउन उपयुक्त हुने धारणा राख्नुभयो । उहाँले सो परियोजनामा सत्तारुढ काँग्रेस–एमाले पनि साझा निष्कर्षका साथ अघि बढनुपर्ने आवश्यकता समेत औँल्याउनु भयो ।

सांसद यादवले भन्नुभयो, ‘नेताहरु देशप्रति जिम्मेवार हुनुपर्छ । हाम्रो दुर्भाग्य के हो भने दुईतिर ठूला जनसंख्याको हिसावले, सामरिक महत्वले र आर्थिक रुपले । व्यक्तिगत लालचले हामी कसरी नजिक हुन्छौं भनेर उनीहरुसँग नजिक बन्ने क्रममा चाहे त्यो साउथ होस्, चाहे त्यो नर्थ होस् । हामी यहाँ उनीहरु भन्दा अगाडि यहाँ नेपाली खोज्न गाह्रो छ । हामी कोही चाईनिज भन्दा बढी चाईनिज भईदिन्छौं । कोही इण्डियन मन्दा बढी इण्डियन भईदिन्छौं । कोही वेष्ट भन्दा बढी वेष्ट भईदिन्छौं । त्यसैले पनि फेरि पनि बीआरआईको सवालमा राष्ट्रिय सहमती निर्माण गरेर त्यसमा काँग्रेस एमालेले एउटा साझा निष्कर्ष निकालोस् । र त्यसमा सिंगै मुलुकलाई अगाडि बढाउनुस् भन्ने निवेदन गर्दछु ।’

सांसद यादवले परराष्ट्र नीतिलाई अघि बढाउने सम्बन्धमा राजनीतिक दलका नेताहरु जिम्मेवार भएर अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।