८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल
अ+ अ-

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ  साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। “असहज परिस्थितिमा प्राप्त जिम्मेवारीलाई अवसरका रुपमा बदलेर यस क्षेत्रको विकास प्रवद्र्धनमा सबै अनुभवी व्यवसायी साथीहरुको साथबाट नयाँ सोचको खोजीका साथ हाम्रो टिम अघि बढ्ने छ”, बरालले भने ।  

अधिवेशनले प्रथम उपाध्यक्षमा नरेश भट्टराई, द्वितीय उपाध्यक्षमा विश्वराज पौडेल, महासचिवमा विकास भट्टराई, कोषाध्यक्षमा लोक गुरुङ र  सहकोषाध्यक्षमा रोशनजङ्ग कार्कीलाई चयन गरेको छ । सदस्यमा दोर्जे लामा, योगेश भट्टराई, वैभव पौडेल, वीरेन शेरचन, वसन्त गौतम र राजेन्द्र ढकाल निर्वाचित भएक छन् । लेकसाइडमा करीब चार सय रेष्टुरेन्ट एण्ड बार रहे पनि रेबानमा एक सय  सदस्य छन् । यस वर्ष २० जनाले नवीकरण नगरेको जनाइएको छ । महासचिव विकासका अनुसार रेबान पोखराले अङ्ग्रेजी नयाँ वर्षका अवसरमा सडक महोत्सव, विश्व पर्यटन दिवस, होली महोत्सव, नेपाली खाना महोत्सवलगायत पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ । यस अलावा सदस्य र रेष्टुरेण्टमा कार्यरत कर्मचारीलाई विभिन्न तालीम प्रदान गर्दै आएको  छ । 

सो कार्यक्रमको उद्घाटनसत्रमा  रेबान पोखराले पत्रकार विनोद लामिछानेलाई ‘रेबान पत्रकारिता पुरस्कार २०७७’ बाट रु २५ हजारसहित पुरस्कृत गरेको थियो । लामिछानेलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान गरेका थिए।