२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छः सभापति देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्ने बताउनुभएको छ ।

छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वको ६० प्रतिशत जनसंख्या रहेको दक्षिण एशियाका राष्ट्रहरुहरुले युवाहरुलाई उनीहरुको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको बताउनु भयो ।

उहाँले युवाहरुलाई उत्पादन गर्ने क्षेत्रमा नविन आविष्कारसहितको उद्यमशिलतामा लगाउन नसके विदेशिने क्रम अझै बढ्ने बताउनु भयो । उहाँले बढ्दो जनसंख्याका लागि आवश्यक पर्ने साधन र स्रोतको अपर्याप्तताका बाबजुत युवाहरुलाई विदेशीनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउन आवश्यक भएको उल्लेख गर्नुभयो । प्रजनन स्वास्थ्यमा नेपालले दिगो विकास लक्ष्यलाई प्राप्त गर्न सफल भएको पनि सभापति देउवाले बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘विश्वको ६० प्रतिशत जनसंख्या रहेको साउथ एशियाका राष्ट्रहरुहरुले युवाहरुलाई उनीहरुको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको छ । यदि हामीले युवाहरुलाई उत्पादकत्व क्षेत्रमा नविन आविष्कार सहितको उद्यमशिलतामा लगाउन सकेनाँै भने अवसरको खोजीमा विदेशीने खतरा रहेकाले हाम्रा योजना र प्राथमिकता त्यसतर्फ केन्द्रित हुनु जरुरी छ । बढ्दो जनसंख्याका लागि आवश्यक पर्ने साधन र स्रोतको अपर्याप्तताका बाबजुत हामीले हाम्रा युवाहरुलाई विदेशीनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउनु नै महत्वपूर्ण छ । प्रजनन स्वास्थ्यमा नेपालले दिगो विकास लक्ष्यलाई प्राप्त गर्न सफल भएको छ । जलवायु परिवर्तनले पारेको प्रभाव लगायत विषयलाई पनि मध्यनजर गर्दै सम्मेलनले मावन हितका सम्बन्धमा मार्गनिर्देशन गर्ने अपेक्षा गर्दछु ।’

सभापति देउवाले जलवायुजन्य असरले पार्ने प्रभाव र दक्ष जनशक्ति प्रयोगका सम्बन्धमा सम्मेलनले मार्गनिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो ।