८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

गैँडा मृत्युको कारण खोज्न शुरु

गैँडा मृत्युको कारण खोज्न शुरु
मृत गैंडा (फाइल तस्बिर)
अ+ अ-

चितवन । प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले मृत्युको कारण खोज्न समिति गठन गरेको छ ।   निकुञ्जले सहायक संरक्षण अधिकृत ऋषि रानाभाटको संयोजकत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने र त्यहीँका भेटेरिनरी डा अमिर सडौला सदस्य रहेको समिति बनाएको छ । संयोजक रानाभाटका अनुसार समितिको बैठक बसेर अध्ययनका विषयबारे छलफल अघि बढाइएको छ । 

गैँडा मरेका क्षेत्रमा केही दिनमा स्थलगत अध्ययन गरिने तथा बृहत् छलफल र विगतका तथ्याङ्कहरुको अध्ययन गरी कारण पहिचान गरिने रानाभाटले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा हालसम्ममा एउटा गैँडा चोरी सिकारका कारण तथा आठ गैँडा प्राकृतिक कारणले मरेका छन् । अधिकांश गैँडा कसरादेखि पश्चिमतर्फको क्षेत्रमा मरेका थिए । रानाभाटका अनुसार गैँडा मरेका ठाउँको स्थलगत अध्ययनसँगै हरेक गैँडाको मृत्युका कारणको खोजी, बासस्थानको अवस्थालगायत बारेमा अध्ययन गरिने छ ।

यसअघि पनि निकुञ्ज विभागका उपमहानिर्देशकको संयोजकत्वमा गठित टोलीले प्राकृतिक कारणबाट गैँडा मर्नुको  कारणको अध्ययन गरेको थियो । निकुञ्जमा प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको उपस्थितिमा भएको बैठकले स्थानीय स्तरमा समिति गठन गरी गैँडा मृत्युका कारण खोजी गर्ने निर्णय गरेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि त्यसको न्यूनीकरणका लागि उपायहरुको खोजी गर्न लागिएको हो ।   
 
मुख्य रुपमा गैँडा बाढीले बगाएर, दलदलमा फसेर तथा एक अर्कोसँग जुधेर मर्ने गरेका छन् । बाढीले बगाएका गैँडाको फोक्सोमा पानी जमेको भेटिने गरेको छ । नदी किनारका मानव निर्मित तटबन्ध पनि बाधक बन्ने गरेका छन् । नदीले बगाएका गैँडा तटबन्धका कारण सबै ठाउँबाट सहज नदी बाहिर आउन नसक्दा समस्या हुने गरेको उहाँले बताउनुभयो । नदीले बगाएर गण्डक बाँध पार गरेपछि गैँडा बाहिर आउन कठिन हुने गरेको छ ।
 
गत वर्ष प्राकृतिक कारणले निकुञ्जमा २६ गैँडा मरेका थिए । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ४३ थियो । सन् २०१५ मा निकुञ्जमा गरिएको गणनाअनुसार यहाँ ६०५ गैँडा रहेका छन् । त्यसयता गैँडा स्थानान्तरण र बाढीका कारण केही घटेका छन् भने प्रजनन भएर केही बढेको अनुमान छ । हरेक चार–चार वर्षमा गैँडा गणना गरिन्छ । गत आर्थिक वर्षमा गैँडा गणना कोरोनाका कारण रोकिएको थियो । यस वर्ष गैँडा गणना गर्ने कार्यक्रम रहेको निकुञ्जले जनाएको छ ।