१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवारलाई खबरै नगरी क्यानडाबाट नेपाल आएका थिए माझी दम्पती



अ+ अ-

काठमाडौँ । सिनामंगलस्थित होटेल जन्मभूमिमा आईतबार मृतावस्थामा भेटिएका रमेश माझी र शर्मिला माझीको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम पछि परिवारले शव बुझेका हुन् ।

सुनसरीको दुहबी घर भएका माझी दम्पती मंसिर ८ गते बिहान कतार एयरलाइन्सको उडानमार्फत क्यानडाबाट काठमाडौँ आएका थिए । क्यानडाबाट उनीहरू नेपाल आएको बारे परिवार बेखबर रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । प्रहरीसँग परिवारका सदस्यहरूले भनेका छन्, ‘उनीहरू नेपाल आउनेबारे थाहै थिएन ।’

सुनसरीबाट काठमाडौँ आएर मृतकका परिवारले घटनाबारे अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा जाहेरी दिएका छन् ।

उनीहरु काठमाडौँ आएपछि विमानस्थलबाट सिधै होटेलमा गएर बसेको पाईएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । क्यानडाबाट परिवारलाई खबर नै नगरी आएका दम्पतीले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भईरहेको उनले बताए ।

माझी दम्पती होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । शव परीक्षणको रिपोर्ट आएपछि अनुसन्धानमा केहि सहयोग मिल्ने एसपी अधिकारीले बताए ।

 




भर्खरै