९ भाद्र २०८३, मंगलवार
,
Latest
१५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरणः नेपाली काँग्रेसका उपसभापति गच्छदारको सम्पत्ति रोक्का



अ+ अ-

काठमाडौं । बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति छानबिन भइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ ।

सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौँ, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का गरेको हो । गच्छदारसहित ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले सम्पत्ति छानबिन गरिरहेको छ । 

उक्त प्रकरणमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको यसअघि नै विभागले सम्पूर्ण सम्पत्ति रोक्का गरेको थियो । विभागले यसमा संलग्न पूर्वमन्त्री र कर्मचारीविरुद्ध छिट्टै मुद्दा दायर गर्ने तयारी गरेको स्रोतले जनायो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।