२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान

गाउँ फर्कनेहरुबाट कोरोना संक्रमण अझै बढ्ने सम्भावना

गाउँ फर्कनेहरुबाट कोरोना संक्रमण अझै बढ्ने सम्भावना
अ अ+ अ-

काठमाडौँ । दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पुर्याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशैंमा आफ्नो थातथलो जान थालेपछि कोरोना सङ्क्रमण गाउँसम्म पुग्ने खतरा बढेको हो । नुवाकोटको शिवपुरी गाउँपालिका प्रमुख रामकृष्ण थापाले पहिलाको तुलनामा यस वर्ष उपत्यकाबाट गाउँ फर्कने सङ्ख्या केही कम भए ठप्प भने नभएकाले उपत्यकाबाट गाउँ फर्कनेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताए। “दशैं मनाउन गाउँ फर्कनेलाई नाकामै बसेर रोक्ने अवस्था छैन,” उनले भने, “आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न लगाउनुको विकल्प छैन ।”

उनका अनुसार गाउँपालिकाले कोरोनाको सामना गर्न आठ शैयाको आइसोलेसन कक्ष निर्माण गरेको छ । अप्ठ्यारो परेकालाई उक्त आइसोलेसन कक्षमा राख्न सकिए पनि सबैलाई त्यो सम्भव नभएको बताए । दशैँ मनाउनका लागि उपत्यकाबाट आ–आफ्ना घर पुगेका स्थानीयलाई आइसोलेसनमा राखी व्यवस्थापन गर्ने कुरा स्थानीय सरकारका लागि चुनौतीपूर्ण बनेको छ ।
कतिपय स्थानीय तहले उपत्यकाबाट दशैं मनाउन गाउँघर जाने व्यक्तिले अनिवार्य दुई हप्ता घरमै एकान्तबासमा बस्नुपर्ने भनिए पनि दशैँको समयमा त्यो पूर्ण रूपमा सम्भव देखिएको छैन । त्यसो त स्थानीय तहले पर्याप्त मात्रामा संस्थागत आइसोलेसन बनाएका छैनन् । कपितय स्थानीय तहले जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)सँग मिलेर केही शøया संस्थागत आइसोलेसन बनाए पनि दशैँको समयमा उपत्यका छोडी घर फर्कने सबैलाई सो पर्याप्त हुँदैन ।

नेपाल नगरपालिका सङ्घ गण्डकी प्रदेश संयोजक एवं गोरखाको पालुङ्गटार नगरपालिका प्रमुख दीपकबाबु कँडेलले आफू बसेकै ठाउँमा दशैँ मान्न गरिएको सरकारका आग्रह सबैले मान्नुुपर्ने बताए ।
उनका अनुसार उपत्यकाबाट गाउँ फर्कने स्थानीयले होम आइसोलेसनमा नै बसेर दशैं मान्नुपर्ने र घरबाट बाहिर ननिस्कनका लागि सबै वडा कार्यालयमार्फत स्थानीयलाई आग्रह गरिएको छ । लक्षणबिना पनि कोरोना सङ्क्रमित हुनसक्ने भएकाले यस वर्षको दशैं मान्ने क्रममा रमाइलोभन्दा स्वास्थ्य सचेतना अपनाएर मान्नुपर्ने उनको भनाइ छ । महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानबहादुर ओलीले काठमाडौँ महानगरपालिकाको तथ्याङ्कमा आउने अधिकांश कोरोना सङ्क्रमित काठमाडौंँभन्दा बाहिरको भएको बताए । गोरखापत्र दैनिक