२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाकर्लीको गोलमा एस्टन भिल्लाको जित



अ+ अ-

लेस्टर । इंग्लिस प्रिमियर लिगमा आइतबार एस्टन भिल्लाका लागि रस बाकर्लीले इन्जुरी समयमा गरेको उत्कृष्ट गोलमा लेस्टर सिटीलाई १–० ले हराएको छ ।  यो जितपछि भिल्ला १२ अंकसाथ दोस्रो स्थानमा उक्लिएको छ । उसको भन्दा एक खेल बढी खेलेको एभरटन १३ अंकसहित शीर्ष स्थानमा छ । यस्तै लिभरपुल पाँच खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।

चेल्सीबाट ऋणमा भिल्लामा आएका बाकर्लीले किंग्स पावर स्टेडियममा २५ मिटरको दूरीबाट आकर्षक गोल गरेका हुन् ।

अर्को खेलमा टोटनहमले वेस्ट ह्यामसँग ३–३ को बराबरी खेल्यो । टोटनहमले तीन गोलको स्पष्ट अग्रता लिएयता वेस्ट ह्यामले नाटकीय रूपमा तीन गोल फर्काएको हो ।