२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान

सरकारले बेच्ने खसीको मूल्य प्रतिकिलो ५५० रुपैयाँ मात्रै

सरकारले बेच्ने खसीको मूल्य प्रतिकिलो ५५० रुपैयाँ मात्रै
अ अ+ अ-

काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारदेखि खसीबोका बिक्री गर्ने भएको छ । बजारमूल्यको तुलनामा संस्थानले प्रतिकिलो करिब १०० रुपैयाँ सस्तोमा खसी बेच्ने निर्णयसमेत गरेको छ । ‘मूल्य निर्धारण गर्नुअघि सबै बजार विश्लेषण गर्‍यौं, बजारमा प्रतिकिलो साढे ६ सय रुपैयाँसम्ममा बिक्री गरेको देखियो,’ कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले भने, ‘खाद्य कम्पनीले भने उपभोक्तालाई प्रतिकिलो ५ सय ५० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।’ दसैंलाई लक्ष्य गरी खाद्यले हरेक वर्ष खसीबोका तथा च्यांग्रा बिक्री गर्दै आएको छ । खाद्यले बिक्री गर्ने खसीबोकाको संख्या न्यून रहे पनि मुख्य उद्देश्य बजार हस्तक्षेप अर्थात् मूल्य नियन्त्रण गर्न रहेको उनले थापाले बताए । ‘चाडपर्वमा खसीबोका बिक्री गर्नुको उद्देश्य नै बजारभाउ बढ्न नदिनु नै हो । सरकारले मूल्य तोकेपछि व्यापारीहरूले बढी तोक्न सक्दैनन्,’ कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले भनिन्, ‘आइतबार ४ सय ५ वटा खसीबोका आइसकेका छन् । सोमबारदेखि नै बिक्री गर्छौं ।’

आइतबार ल्याइएका खसीबोका तुलसीपुर र हेटौंडाका हुन् । ठाउँअनुसार प्रतिकिलो ५ सय ३५ देखि ५ सय ६० रुपैयाँसम्ममा खरिद गरिएको उनले जानकारी दिइन् । ‘खरिद मूल्य, ढुवानी, प्रशासनिक खर्च, खसीबोकालाई चाहिने दानासहित जोडेर प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गरेका छौं । त्यसमा सरकारले प्रतिकिलो १० रुपैयाँ छुट दिन्छ । उपभोक्ताले प्रतिकिलो ५ सय ५० रुपैयाँमा खसी पाउँछन्,’ उनले भनिन्, ‘यो बिक्री मूल्य गत वर्षकै हो । भाउ बढाएका छैनौं ।’

कम्पनीले यसपालि ३ हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने लक्ष्य राखेको थियो । त्यसमा कोभिड–१९ को बढ्दो संक्रमणका कारण एक हजार संख्या घटाएको थियो । त्यसमा पनि एक हजार च्यांग्रा ल्याउने योजना बनाएको थियो । त्यो पनि सम्भव नभएपछि एक हजार खसीबोका मात्रै बिक्री गर्ने भएको छ । ‘यसपालि १ हजार वटा मात्रै खसीबोका बिक्री गर्ने योजना छ । तर आवश्यक परे संख्या बढाउन सक्छौं,’ न्यौपानेले भनिन् । कम्पनीले गत वर्ष खसीबोका र च्यांग्रा गरी ३ हजार २० वटा बिक्री गरेको थियो । कान्तिपुर दैनिक