२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री सिंहद्वारा नेपाल—कोरियामैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास



अ+ अ-

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल—कोरियामैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको शिलान्यास गरिएको छ ।

सोमवार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त भवनको शिलान्यास गर्नुभएको हो । अस्पतालको बन्न लागेको आधुनिक र सुविधा सम्पन्न भवन दक्षिण कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो ।

भवनको शिलान्यास गर्दै मन्त्री सिंहले यस अस्पतालले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । अस्पतालले उपत्यकाको सम्पर्कबाट टाढा र विकटका नागरिकको स्वास्थ्य उपचारमा टेवा पुग्ने उहाँको भनाइ छ । उहाँले नेपाल—कोरियामैत्री नगरपालिका अस्पताल क्लिनिकका रुपमा शुरु भएको स्मरण गराउँदै सुविधा सम्पन्न र आधुनिक अस्पतालको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आफू विरामी नभईकन स्वास्थ्यको महत्व बुझ्न नसकिने उल्लेख गर्दै विरामी हुनुभन्दा अगाडि नै सबैले स्वास्थ्यप्रति गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,‘भक्तपुरको मध्यपुर नगरपालिकाले दक्षिण कोरियाको सहायतामा चल्दै आएको अस्पतालमा प्रभावकारी र गुणस्तरीय सेवा बिस्तार गर्ने क्रममा नयाँ भवन आज शिलन्यास भएको छ । एउटा सानो क्लिनिकको रुपमा शुरु भएर आज यो एउटा अस्पतालको रुपमा विकास भएको छ । त्यसमा अझ स्वास्थ्य सेवालाई बिस्तार गर्नको लागि नयाँ आधुनिक भवन बन्नु खुशीको कुरा हो । बिरामी नभईकन स्वास्थ्यको महत्व नबुझिने रहेछ । आफैं बिरामी भएपछि त राम्रैसँग बुझिन्छ । त्यसैले बिरामी हुनुभन्दा अगाडि नै स्वास्थ्य परीक्षण गर्नुपर्दछ । अहिले त स्वास्थ्य क्षेत्र धेरै नै अगाडि बढिसकेको छ नि त । यस अस्पताल भवनको निर्माणपछि प्राणघातक रोगबाट बच्न सक्ने स्थिति रहन्छ । यो अस्पतालले नेपाल र कोरियाबीचको सम्बन्धलाई थप अगाडि बढाउनेछ ।’

अस्पतालको सेवाले सर्वसाधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने र भक्तपुर तथा आसपासका जिल्लाका आर्थिकरूपमा कमजोर नागरिकका लागि विशिष्टिकृत स्वास्थ्यसेवामा पहुँच पुगाउने विश्वास लिइएको छ ।