काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई प्रवक्ता जिम्मेवारी दिएको छ । सोमबारदेखि नै लागू हुने गरी गुरुङलाई प्रवक्ताको जिम्मेवारी दिने तयारी गरिएको हो ।
सरकारले प्रवक्ताको जिम्मेवारीमा रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदमुक्त भएपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । उनी पनि पदमुक्त भएपछि परराष्ट्रमन्त्री ज्ञवाली प्रवक्ता बने । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गएको असोज २८ मा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि प्रवक्तासमेत तोकिएका हुन् ।











