काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोभिड १९ पुष्टि भएको छ । सोमबार गरिएको पिसिआर परीक्षणमा मन्त्री नेम्वाङको रिपोर्ट पोजेटिभ आएको हो।
मन्त्री नेम्वाङका स्वकीय सचिव गणेश योङहाङका अनुसार कोभिड १९ का लक्षण देखिएपछि मन्त्रीले स्वाब दिँदा रिपोर्ट पोजेटिभ आएको हो, अहिले मन्त्री क्वार्टरमै आइसोलेसनमा बस्नुभएको छ ।
मन्त्री नेम्वाङले आफू संक्रमित भएकोले आफूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।











