२५ कार्तिक २०८२, मंगलवार
,
Latest
भरतपुर रंगशालाको छैटौं मूल्याङ्कनमा पनि कुनै अनियमितता फेला परेन विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पारित काँग्रेस केन्द्रिय समितिको बैठक जारी (तस्बिरसहित) मधेशमा मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भन्दै सात दलका सांसदको धर्ना बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार मधेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा बुधबार पेसी प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’ च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्त्री २’ को सफलतापछि राजकुमार रावले आफ्नो पारिश्रमिक बढाए !



अ+ अ-

एजेन्सी । राजकुमार राव र श्रद्धा कपूर अभिनित फिल्म ‘स्त्री २’ ले राम्रो कमाई गर्यो । फिल्म ब्लकबस्टर भएको छ । फ्यानहरूले राजकुमार रावको पछिल्ला फिल्महरु ‘श्रीकान्त’, ‘मिस्टर एन्ड मिसेस माही’ र ‘विक्की र विद्याको वो वाला भिडियो’लाई पनि मन पराए ।

इन्डियन एक्सप्रेसका अनुसार स्त्री २ को कीर्तिमानी सफलतापछि राजकुमार रावले आफ्नो शुल्क बढाएको खबर आएको छ । उनले आफ्नो पारिश्रमिक बढाएर ५ करोड पुर्याएको खबर आएको थियो ।

यसबारे राजकुमार रावले भने, ‘म हरेक दिन विभिन्न फिगरको अध्ययन गर्छु । म मेरो निर्माताहरूलाई बोझ लगाउन मूर्ख छैन । सबैभन्दा ठूलो ब्लकबस्टरको हिस्सा बनेपछि अभिनेताका रूपमा ममा खासै परिवर्तन आएको छैन । पैसा मेरो जोशको उत्पादन हो । म जीवनभर काम गर्न चाहन्छु । त्यसैले पनि म अचम्मित र उत्साहित हुने खालका भूमिका खोज्छु । मलाई चुनौती दिनुहोस् र मलाई बढ्न मद्दत गर्नुहोस् ।’

चलचित्र स्त्री २ को बारेमा कुरा गर्दा यो स्त्रीको सिक्वेल थियो । यो फिल्ममा श्रद्धा कपुर, पंकज त्रिपाठी, सुनील कुमार, अभिषेक बनर्जी, अपारशक्ति खुराना जस्ता कलाकार छन् । फिल्मलाई अमर कौशिकले निर्देशन गरेका हुन् । फिल्मले ६ सय करोडभन्दा बढी कमाएको थियो ।