२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्लोबल कन्ज्युमर एक्स्पो आजदेखि भृकुटीमण्डपमा, ३५ हजारभन्दा बढी आगन्तुक भित्रिने अपेक्षा नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धि दुई वटा प्रोटोकल पेस अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग निजी क्षेत्रको लगानी र पुँजीगत खर्च वृद्धि विना विकास असम्भवः सांसद गजुरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्त्री २’ को सफलतापछि राजकुमार रावले आफ्नो पारिश्रमिक बढाए !



अ+ अ-

एजेन्सी । राजकुमार राव र श्रद्धा कपूर अभिनित फिल्म ‘स्त्री २’ ले राम्रो कमाई गर्यो । फिल्म ब्लकबस्टर भएको छ । फ्यानहरूले राजकुमार रावको पछिल्ला फिल्महरु ‘श्रीकान्त’, ‘मिस्टर एन्ड मिसेस माही’ र ‘विक्की र विद्याको वो वाला भिडियो’लाई पनि मन पराए ।

इन्डियन एक्सप्रेसका अनुसार स्त्री २ को कीर्तिमानी सफलतापछि राजकुमार रावले आफ्नो शुल्क बढाएको खबर आएको छ । उनले आफ्नो पारिश्रमिक बढाएर ५ करोड पुर्याएको खबर आएको थियो ।

यसबारे राजकुमार रावले भने, ‘म हरेक दिन विभिन्न फिगरको अध्ययन गर्छु । म मेरो निर्माताहरूलाई बोझ लगाउन मूर्ख छैन । सबैभन्दा ठूलो ब्लकबस्टरको हिस्सा बनेपछि अभिनेताका रूपमा ममा खासै परिवर्तन आएको छैन । पैसा मेरो जोशको उत्पादन हो । म जीवनभर काम गर्न चाहन्छु । त्यसैले पनि म अचम्मित र उत्साहित हुने खालका भूमिका खोज्छु । मलाई चुनौती दिनुहोस् र मलाई बढ्न मद्दत गर्नुहोस् ।’

चलचित्र स्त्री २ को बारेमा कुरा गर्दा यो स्त्रीको सिक्वेल थियो । यो फिल्ममा श्रद्धा कपुर, पंकज त्रिपाठी, सुनील कुमार, अभिषेक बनर्जी, अपारशक्ति खुराना जस्ता कलाकार छन् । फिल्मलाई अमर कौशिकले निर्देशन गरेका हुन् । फिल्मले ६ सय करोडभन्दा बढी कमाएको थियो ।