७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो बार्सिलोना



अ+ अ-

काठमाडौं । स्पेनी ला लिगा फुटबलमा बार्सिलोनाले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोसँग २-२ गोलको बराबरी खेल्दै अङ्क बाडेको हो ।

घरेलु टोलि भिगोले पुनरागमन गर्दै खेल बराबरी गर्यो । खेलको १५ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ६१ औ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

तर, ८२ औं मिनेटमा बार्सिलोनालाई धक्का लाग्यो । मार्क कासाडो रातो कार्ड खादै बाहिरिए ।

त्यसको लगत्तै ८४ औ मिनेटमा गोन्जालेजले र ८६ औं मिनेटमा हुगो अल्भारेजले गोल गर्दै सेल्टा भिगोलाई हारबाट जोगाए ।

बार्सिलोना १४ खेलबाट ३४ अङ्कका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । भिगो १८ अङ्कका साथ ११ औं स्थानमा छ ।