७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमसँग घरेलु मैदानमै सिटीले खायो चार गोल



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लज्जास्पद हार बेहोरेको छ ।

गएराति भएको खेलमा सिटी टोटेनहमसँग आफ्नै घरेलुु मैदानमा ४-० गोलले पराजित भएको हो ।

यता, टोटेनहमलाई फराकिलो जित दिलाउन जेम्स म्याडिसनले दुई तथा पेड्रो पोरो र ब्रेनान जोनसोनले एक-एक गोल गरे ।

खेलको १३ औं मिनेटमा म्याडिसनको गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिएको थियो । २० औं मिनेटमा म्याडिसनले नै गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे ।

त्यसपछि ५२ औं मिनेटमा पेड्रोले र खेल सकिनै लाग्दा इन्जुरी समयमा जोनसोनले गोल गर्दै टोटेनहमलाई सानदार जित दिलाए ।

यो नतिजापछि सिटी १२ खेलबाट २३ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । टोटेनहम १९ अङ्कका साथ छैटौं स्थानमा छ ।