८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

“अब युरोपेली, अमेरिकी स्ट्यान्डर्डका फर्निचर नेपालमै”

“अब युरोपेली, अमेरिकी स्ट्यान्डर्डका फर्निचर नेपालमै”
अ+ अ-

काठमाडौंः लिगेसी फर्निचर प्रालिले नेपालमा युरोपेली र अमेरिकी स्ट्यान्डर्डका फर्निचर बिक्री वितरण गर्न थालेको छ । यी फर्निचर उच्च गुणस्तरका समेत रहेको प्रालिको भनाई छ ।

सिभिल इन्जिनियरिङ पढेका युवा उद्यमी एवं प्रालिका निर्देशक अनुप वैद्यले यस उद्यमलाई गुणस्तरीय र आकर्षक बनाउन सन् २०१८ देखि नै महत्वपूर्ण जिम्मेवारी सम्हाली रहेका छन् ।

कोरोनाभाइरसका कारण पछिल्लो समय यस उद्योगमा पनि असर परेको छ । तर अहिले विस्तारै रिकभरी भइरहेको वैद्यको भनाई छ । उनी भन्छन्, “फर्निचर सबै घरपरिवारमा अति जरुरीको सामान हो । त्यसैले होटल वा रेस्टुराँ व्यवसाय जस्तो यसमा असर परेको छैन । हामीले केही अर्डर पनि पाउन थालेका छौं ।”

यी युवा उद्यमीले फर्निचर उद्योग सम्हालेको धेरै वर्ष भएको छैन । तर उनका बुबाले लिगेसी ब्रान्ड स्थापना र संचालन गरेको १५–२० वर्ष भइसक्यो, तर फर्निचर उद्योगमै परिवारभित्र झण्डै ३० वर्षको इतिहास छ । बुबाबाट आफूले धेरै कुरा सिक्न पाएको वैद्यको भनाई छ ।

फर्निचर उद्यमका बारेमा वैद्य भन्छन्, “हामीले नेपालमा फर्निचरमा नयाँ आयाम ल्याउन सफल भएका छौं । अझै पनि धेरै मानिसलाई मोड्युलर फर्निचरका बारेमा त्यति जानकारी छैन । फर्निचरका पार्टिकल बोर्डको प्रयोग गर्ने बारे आम उपभोक्ता अनभिज्ञ छन् । यो फर्निचर उद्योगमा विल्कुलै नयाँ विधा हो । बुबाले पार्टिकल बोर्ड अर्थात मोड्युलर फर्निचरका बारेमा जर्मन डिजाइनरबाट तालिम पनि लिनु भएको छ । बुबासँगै म पनि यही व्यवसायमा लागें, र अहिले त यो पारिवारिक व्यवसाय नै भएको छ । अहिले बुबा, म, मेरी पत्नी, मेरा दिदीबहिनी सबै यही काममा छौं ।”

उनले आफ्नो कम्पनीले जर्मनीको निकै लोकप्रिय अन्तर्राष्ट्रिय कम्पनीहरु हेटिच र रेहु ब्रान्डका कम्पनीसँग सहकार्य गरिरहेको जानकारी दिए । उनीहरुले प्राविधिक सहायता उपलब्ध गराइरहेका छन् । रेहुको नेपालमा एक मात्र बितरक आफूहरु रहेको उनको भनाई छ । यो व्यापार मात्र होइन, उनीहरुले नेपालमा तालिमका साथै बिक्री, मार्केटिङ र व्यवसायका बारेमा पनि तालिम दिन्छन्, वैद्य भन्छन् ।

आफ्नो उद्योग अहिले नेपालकै ठूलामध्येको एक फर्निचर उद्योग रहेको गर्वका साथ बताउँदै वैद्य भन्छन्, “मलाई गर्वको अनुभूति हुन्छ । बजारमा केही प्रतिस्पर्धी पनि छन् जसले केही नयाँ गरौं भनेर लागेका छन् । तर डिजाइन, गुणस्तर र नयाँ शैलीका आधारमा हेर्दा हामी अगाडि छौं । हामीसँग अनुभव पनि छ ।”

को हुन् ग्राहक ?

हामीले घर परिवारमा चाहिने बेड, टेबल, किचेन इत्यादिका लागि फर्निचर बनाउँछौं । साथै हामीले ठुल्ठूला कम्पनी, बैंक, कार्यालयहरुका लागि फर्निचर तयार गर्ने र सेट गर्ने गर्छौं । आकर्षक डिजाइन, भरपर्दा अन्तर्राष्ट्रिय जर्मन ब्रान्ड भएकोले पनि हामीलाई ग्राहकले धेरै प्रश्न नै गर्नु पर्दैन । फर्निचरले एउटा व्यक्ति वा कम्पनीको जीवनशैलीलाई झल्काउँछ, र त्यो पूरा गर्न हामी सदैब तत्पर छौं । ग्राहकका रुचि र फर्निचर खरिद गर्ने क्षमतालाई विचार गरेर हामी उचित परामर्श पनि दिन्छौं, डिजाइन गर्दिन्छौं । कतिपय अवस्थामा ग्राहकले आफ्ना डिजाइन पनि सुनाउँछन्, हामी त्यस्तो चाहनालाई पनि सम्बोधन गरिदिन्छौं । हामी नेपाली ग्राहकको क्षमतालाई विचार गरेर सस्ता तर उच्च गुणस्तरका फर्निचर उत्पादन गर्ने सोचमा छौं, वैद्य भन्छन् ।

वैद्य भन्छन्, “मोड्युलर फर्निचरका बारेमा नेपालमा धेरै मानिसलाई थाहा समेत छैन । पश्चिमा मुलुकमा यो सामान्य हो, सबैजसोलाई थाहा छ । तर यहाँ ६० प्रतिशत नेपालीले त मोड्युलर फर्निचर देखेकै छैन, ५० प्रतिशत आर्किटेक्चर डिजाइनरले पनि यसको महत्वबारे बुझेका छैनन् । पार्टिकल र प्लाईउडलाई नै यहाँ नयाँ ठानिन्छ । त्यही कारण मोड्युलर बोर्डका बारेमा धेरैलाई बताउनु छ, थाहा दिनु छ र शिक्षित तुल्याउनु छ ।”