१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल



अ+ अ-

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रूटबीच फ्लोरिडामा ‘नेटो गठबन्धनले सामना गरिरहेको विश्वव्यापी सुरक्षा मुद्दा’ बारे छलफल भएको छ ।

नेटोका फराह दखुल्लाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शुक्रबार पाम बिचमा अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रूटबीच बैठक भएको हो ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले आक्रामक रूपमा युरोपलाई रक्षा खर्च बढाउन दबाब दिनुभएको थियो भने नेटोको निष्पक्षतामाथि प्रश्न उठाउनुभएको थियो ।

गत नोभेम्बर ५ मा ट्रम्प निर्वाचित भएको दुई दिनपछि नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री रूटले उत्तर कोरिया र रुसबीचको सम्बन्ध थप प्रगाढ हुने खतराबारे छलफल गर्न चाहेको बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपतिमा पुनरागमनका लागि ट्रम्पको शानदार विजयले युरोपमा युक्रेनका लागि वासिङ्टनको महत्वपूर्ण सैन्य सहायतामा रोक लगाउन सक्ने चिन्ता जगाएको छ।

नेटोका सहयोगीहरूले मस्कोविरुद्धको लडाइँमा किएभलाई राख्नु युरोपेली र अमेरिकी दुवै सुरक्षाका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

बुडापेस्टमा हालै आयोजित युरोपेली नेताहरूको बैठकमा रूटले भन्नुभयो, “उत्तर कोरिया, इरान, चीन र निश्चित रूपमा रुसले युक्रेनविरुद्ध मिलेर काम गरिरहेका हामीले देखेका छौँ ।”

उहाँले भन्नुभयो, “रूसले उत्तर कोरियाबाट सेनालाई ल्याई प्रयोग गरी प्योङयाङलाई टेक्नोलोजी सहयोग गर्दैछ र यसबाट अमेरिका र युरोपको मुख्य भूमिमा खतरा भएकोबारे उहाँले ट्रम्पसँग छलफल गर्नुभएको छ ।”