४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

‘खेलाडीको पीडा बुझेको छु’– खड्का

‘खेलाडीको पीडा बुझेको छु’– खड्का
अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसंग बुझेको बताएका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्ना उपाध्यक्ष खड्का राखेपको बोर्ड सदस्यमा नियुक्त भएको अवसरमा मंगलबार आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा खड्काले सो कुरा बताएका हुन् ।

‘म पनि विशुद्ध खेलाडी पृष्ठभूमिबाट आएको हुँ । देशको प्रतिनिधित्व गर्दै थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेको छु । त्यसैले खेलाडीको पीडा बारे मलाई राम्रोसंग थाहा छ ।’ राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका सदस्य खड्काले भने– ‘खेलाडीको पीडालाई सही ठाउँमा राख्न म हरदम प्रयासरत रहने छु । सबैको साथ र सहयोग पाए मात्र त्यो सम्भव छ ।’

खड्काले खेलाडीको भविष्य कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषय आफ्नो प्राथमिकता रहेको बताउदै सदस्यमा नियुक्त गरी आफू संलग्न खेलक्षेत्रमा केहि गर्ने अवसर दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिए ।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खड्को नियुक्तिले सिंगो खेलाडी जगतले गर्वको अनुभूति गरेको बताउदै लामो सयमदेखि खेलकुद क्षेत्रमा योगदान पुर्याएको व्यक्तिलाई सदस्यमा मनोनित गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए । उनले अब गठन हुने राखेपको कार्यकारी समितिमा खड्कालाई पनि अवसर दिएर खेलाडीप्रति न्याय गर्न सरकारसंग अनुरोध गरे ।

खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टले खड्कालाई सदस्यमा नियुक्त गरेकोमा खेलाडी संघ मात्र नभइ सारा नेपाली खेलाडीलाई खुशी तुल्याएको धारणा व्यक्त गरे ।

खड्कालाई गत असोज २९ गतेको मन्त्रीपरिषद् बैठकले राखेपको सदस्यमा नियुक्त गरेको थियो । खड्का अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितमा नेपालको तर्फबाट सर्वाधिक गोलकर्ता मध्येका एक हुन् । खड्काले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोल गरेका छन् । उत्ती नै गोल निराजन रायमाझीको नाममा पनि छ । खड्का नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पूर्व प्रशिक्षक पनि हुन् । नेपालमै गत मंसिर १५ देखि २४ गतेसम्म भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि खड्काले प्रशिक्षकबाट राजीनामा दिए थिए । खड्का अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत महिला विभाग प्रमुख पनि हुन् ।