काठमाडौ । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हरेक नागरिकको पीसीआर परिक्षण र कोरोनाको उपचार निःशुल्क गराउन माग गर्नुभएको छ । मंगलबार साँझ सभापति देउवाले सामाजिक संञ्जालमा लेख्नु भएको छ – सरकारलाई तत्काल सशुल्क उपचार गर्ने निर्णय खारेज गरि सर्वोच्च अदालतको पटक पटकको आदेशलाई समेत पालना गर्दै हरेक नागरिकको पीसीआर परिक्षण र कोरोनाको उपचार निशुल्क गराउन जोडदार माग गर्दछु।
सोमबार मात्र सरकारले सबै नागरिकको निःशुल्क उपचार गर्न नसक्ने निर्णय सार्बजनिक गरेको थियो ।











