३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको नयाँ सिजनमा बार्साको ५ गोल



अ+ अ-

काठमाडौं । मंगलबार राति बार्सिलोनाले फेरेंकभारोसलाई पराजित गर्दै च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । बार्सा ५–१ को विशाल अन्तरले फेरेंकभारोसलाई हराएको हो ।

खेलको २७ औँ मिनेटमा पेनाल्टी पाएपछि मेस्सीले सो अवसरलाई गोलमा परिणत गर्दै बार्सालाई अग्रता दिलाएका थिए । त्यस्तै पशिलो हाफ सकिनभन्दा अगाडी ४ ४२ औं मिनेटमा अन्सु फातीले बार्साका लागि दोस्रो गोल गर्न सफल भइका थिए । त्यतिन्जेल अर्कातर्फ फेरेंकभारोसका ए लाइदउनीले पहेँलो कार्ड पाईसकेको थिए । त्यसैगरी खेलको ४४ औं मिनेटमा फेरेंकभारोसकै ई सिभिकले पनि पहेँलो कार्ड पाए । 

दोस्रो हाफपछि बार्साका लागि फेरी तेस्रो गोल फिलिपे काउटिन्होले थपे । तर, अबभने बार्साको तर्फबाट पनि जेरार्ड पिकेले खेलको ६८ औँ मिनेटमा रातो कार्ड खाँदै बाहिरिए । यसको मौका उठाउँदै फेरेंकभारोसका लागि पेनाल्टीमार्फत इहोर खाकातिनले गोल गर्दै बार्साको अग्रतालाई केहि मथ्थर बनाउन खोजे । त्यपछि खेलको अन्तिम अन्तिम समयमा ८२ औ मिनेटमा १७ वर्षीय पेड्रीले बार्साका लागि चौथो गोल गर्न सफल भए तर खेल यतिमा मात्रै सिमित रहेन अन्ततः खेलको ८९ औं मिनेटमा पनि ओसमान डेम्बेलेले एक गोल थप्दै बार्साको लागि ५ गोलको सहज जीत सुनिश्चित गरे ।