२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको नयाँ सिजनमा बार्साको ५ गोल



अ+ अ-

काठमाडौं । मंगलबार राति बार्सिलोनाले फेरेंकभारोसलाई पराजित गर्दै च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । बार्सा ५–१ को विशाल अन्तरले फेरेंकभारोसलाई हराएको हो ।

खेलको २७ औँ मिनेटमा पेनाल्टी पाएपछि मेस्सीले सो अवसरलाई गोलमा परिणत गर्दै बार्सालाई अग्रता दिलाएका थिए । त्यस्तै पशिलो हाफ सकिनभन्दा अगाडी ४ ४२ औं मिनेटमा अन्सु फातीले बार्साका लागि दोस्रो गोल गर्न सफल भइका थिए । त्यतिन्जेल अर्कातर्फ फेरेंकभारोसका ए लाइदउनीले पहेँलो कार्ड पाईसकेको थिए । त्यसैगरी खेलको ४४ औं मिनेटमा फेरेंकभारोसकै ई सिभिकले पनि पहेँलो कार्ड पाए । 

दोस्रो हाफपछि बार्साका लागि फेरी तेस्रो गोल फिलिपे काउटिन्होले थपे । तर, अबभने बार्साको तर्फबाट पनि जेरार्ड पिकेले खेलको ६८ औँ मिनेटमा रातो कार्ड खाँदै बाहिरिए । यसको मौका उठाउँदै फेरेंकभारोसका लागि पेनाल्टीमार्फत इहोर खाकातिनले गोल गर्दै बार्साको अग्रतालाई केहि मथ्थर बनाउन खोजे । त्यपछि खेलको अन्तिम अन्तिम समयमा ८२ औ मिनेटमा १७ वर्षीय पेड्रीले बार्साका लागि चौथो गोल गर्न सफल भए तर खेल यतिमा मात्रै सिमित रहेन अन्ततः खेलको ८९ औं मिनेटमा पनि ओसमान डेम्बेलेले एक गोल थप्दै बार्साको लागि ५ गोलको सहज जीत सुनिश्चित गरे ।