१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेस्तोल र वन्यजन्तु सामग्रीसहित एक पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन् । प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिगएको प्रहरी टोलीले दुई थान पेस्तोलसहित उनलाई घरबाट मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार गुरुङको घरबाट प्रहरीले दुई थान पेस्तोल सहित वन्यजन्तुसँग सम्बन्धित सामग्री बरामद गरेको छ । घर भित्र लुकाई राखेको अवस्थामा ९ एमएमको अटो पेस्तोल, ७.५ इन्च लम्बाई र ५.५ चौडाई भएको म्याग्जिन र सोही म्याग्जिनमा रहेको एक राउण्ड गोली, ७ इन्च लम्बाई र ५ इन्च चौडाई भएको म्याग्जिन सहितको एक थान पेस्तोल बरामद गरिएको प्रनाउ तिमिल्सिनाले जानकारी दिए ।

त्यसैगरी दुईवटा सुटकेशभित्र लुकाइछिपाइ राखेको अवस्थामा पाँचवटा विभिन्न वन्यजन्तु सामग्री बरामद गरेको छ । विभिन्न आकारका लम्बाइ, चौडाइ भएका छालाजस्तो देखिने वस्तु पानको पात आकारमा बिचमा ॐ लेखेको ५.५ इन्च लम्बाइ चार इन्च चौडाइ भएका एक थान वस्तु बरामद गरेको हो । त्यसैगरी जङ्गली जनावरको छालाजस्तो देखिने छ इन्च लम्बाइ, २.५ इन्च गोलाइको वस्तु एक थान र जङ्गली जनावरको छालाजस्तो देखिने सात इन्च लम्बाइ र १.५ इन्च गोलाइ भएको वस्तु एक थान बरामद गरेको छ । त्यस्तै जङ्गली जनावरको छालाजस्तो देखिने १० इन्च लम्बाइ २.५ इन्च गोलाइ भएको वस्तु थान एक र जङ्गली जनावरको छालाजस्तो देखिने ‘भी’ आकारको वस्तु एक थान तथा जङ्गली जनावरको सिङजस्तो देखिने एक फिट लम्बाइ, फेद गोलाइ ४.५ इन्च र टुप्पाको गोलाइ एक इन्च भएको वस्तु एक थानसहित बरामद गरेको प्रहरीले जनाएको छ । 

त्यसैगरी जङ्गली जनावरको सिङजस्तो देखिने एक फिट तीन इन्च लम्बाइ फेदको गोलाइ तीन इन्च, टुप्पोको गोलाइ १.५ इन्च भएको वस्तु एक थान पनि प्रहरीले बरामद गरेको छ । सोही सुटकेशको साइड गोजीमा प्लाष्टिकमा पोका पारी राखेको ५० ग्राम गाँजाजस्तो पदार्थसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।