२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले फेर्यो सभास्थल, दरबारमार्गमा आयोजना हुने



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा गर्ने भनेको जागरण सभाको पूर्वनिर्धारित सभास्थल परिवर्तन गरेको छ ।

यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको जागरण सभा दरबारमार्गमा आयोजना हुने भएको जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले जानकारी दिए ।

एमालेले जुलुसको रुट पनि सार्वजनिक गरेको छ। संयोजक भट्टराईले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै र्‍याली भद्रकालीबाट सुरु हुने बताए । उनका अनुसार भद्रकालीबाट सुरु भएको र्‍याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ ।

एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा मंसिर ७ गते राजधानीमा जागरण सभा गर्न लागेको हो ।