५ मंसिर २०८१, बुधबार
,
Latest
उपनिर्वाचनमा सेनाको परिचालनका लागि अपनाउनुपर्ने विधि सिफारिस विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँः अध्यक्ष दाहाल गुल्मीमा एउटै व्यक्तिले फलाए चार सय मुरी धान शुक्रबारबाट दर्शकमाझ आउँदै फिल्म ‘अग्निदहन’ सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच ‘टेलिकम पार्टनर’ का लागि प्रायोजन सम्झौता वित्तीय संस्थाबाट लिएको ऋण सबैले तिर्नुपर्छः सूर्य थापा अदालत परिसरमा विष सेवन गर्ने एक युवती पक्राउ अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज नेपाल आउँदै



अ+ अ-

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । जनरल द्विवेदीले मंसिर ९ गतेसम्म नेपाल भ्रमण गर्नुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भ्रमणका दौरान जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति अशोक राज सिग्देलसँग भेटघाट एवं छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

निर्देशनालयका अनुसार भ्रमणको मुख्य अंशको रूपमा नेपाली सेना र भारतीय सेना बिचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ०६ गते एक विशेष समारोहका बिच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

साथै, वहाँले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री तथा रक्षा मन्त्रीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।