१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंको म्याद थप आज नहुने !



अ+ अ-

काठमाडौँ । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आज म्याद थप नहुने भएको छ ।

केही कागजात र प्रक्रियाका कारण आज अदालत लैजान समय अपुग हुन सक्ने भएपछि उनलाई भोलि मात्र म्याद थप गरिने भएको हो ।

पक्राउको २४ घण्टाभित्र अदालत उपस्थित गराउनुपर्ने प्रावधान अनुसार प्रहरीसँग अझै समय रहेको छ ।

भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका उनलाई सीआईबीको कार्यालय पुर्‍याएर स्वास्थ्य परीक्षण गरिएको थियो ।

उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ ।