८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

थप ५ हजार ७४३ जनामा संक्रमण पुष्टि

थप ५ हजार ७४३ जनामा संक्रमण पुष्टि
अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।  

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ जनामा संक्रमण फेला परेको बताउनुभयो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ । हलसम्म संक्रमणमा परेका व्यक्तिहरुको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ जना व्यक्तिमा संक्रमण फेला परेको छ । जसमध्ये काठमाडौंमा २ हजार ३ सय ९१ जना, भक्तपुरमा १ सय ७३ जना र ललितपुरमा ५ सय ४३ जना रहेका छन् ।  

प्रवक्ता गौतमका अनुसार २९ हजार ८ सय जना संक्रमित होम आएसोलेसनमा रहेका छन भने १४ हजार ६ सय ७६ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २६ जना व्यक्तिको मृत्यु भएको छ । यससँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या २ हजार ९ सय ९६ रहेको छ । यससँगै हालसम्म निको हुनेहरुको संख्या ९९ हार ६ सय ५ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार आज आइसियुमा उपचार गराउने संक्रमितहरुको संख्या २ सय ६९ रहेको छ । भेन्टिलेटरमा उपचार भएका संक्रमितहरुको संख्या ८७ रहेको छ । देशभर ४ हजार ६५ जना क्वारेन्टाइनमा रहेको पनि प्रवक्ता गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा २० हजार १ सय १८ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म १३ लाख ३४ हजार ८ सय ९७ जनाको पीसीआर परीक्षण भएको छ ।

सबै कोभिड १९ अस्पताल र प्रयोगशालाहरु दशैं विदामा समेत आवश्यकता अनुसार सञ्चालन हुने पनि प्रवक्ता गौतमले बताउनुभयो ।