काठमाडाैंः ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली (Virtual) उद्घाटन गर्नु भएकाे बैंकले जनाएकाे छ ।
यसका साथै बैंकले चितवनको सप्तगण्डकी कलेज परिसर र भक्तपुरको गाम्छामा नयाँ एक्सटेन्सन काउण्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ शाखा तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालन आएसँगै बैंकको एक्सटेन्सन काउण्टरको संख्या ४५ र शाखाहरुको संख्या २६१ पुगेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ जिल्लामा फैलिएको २६१ शाखा सञ्जाल सहित २३७ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढी ग्राहकहरुलाइ सेवा दिइरहेकाे बैंकले जनाएकाे छ ।











