राजधानीकाे प्रमुख सम्पदामध्येकाे रानी पाेखरी र दरबार हाइस्कुलकाे निर्माण कार्य सम्पन्न भएकाे छ । २०७२ सालकाे विनाशकारी भूकम्पबाट यी दुबै संरचनामा ठूलाे क्षति पुगेकाे थियाे । दरबार हाइस्कुल चीन सरकारकाे सहयाेगमा निर्माण भएकाे हाे भने रानी पाेखरी नेपाल सरकारकै लगानीमा सम्पन्न भएकाे हाे । यी दुबै धराेहरकाे पुनः निर्माणपछिकाे उदघाटन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभयाे ।











