२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साख्तरसँग रियलको ३–२ गोलको हार



अ+ अ-

लन्डन । युरोपेली च्याम्पियन्स लिगको समूह ‘बी’ को सुरुआती लिग चरणको खेलमा रियल म्याड्रिडलाई स्तब्ध पार्दै साख्तर डोनेस्कले बुधबार  ३–२ को जित निकालेको छ । कोरोना भाइरस संक्रमणका कारण आफ्ना १० खेलाडी गुमाएको स्थितिमा पनि साख्तर बर्नाबाउमा प्रभावशाली टोली रियललाई हराउन सफल भएको हो । 

पहिलो हाफमै साख्तर अविश्वसनीय रूपमा ३–० ले अगाडि रहेको थियो । त्यसमा टेटे र मनोर सोलोमनले गोल गरे भने एक गोल राफेल भारानेको नाममा आत्मघाती रह्यो । जिनेदिन जिदानको टिमका लागि लुका मोडरिचले पहिलो गोल गरेयता सब्स्टिच्युट भिनिसिय जुनियरले अर्को गोल फर्काए । दिनका अन्य खेलमा भने ठूला टिम विजयी रहे । विन्गर किंग्सली कोमनले दुई गोल गर्दै अर्को गोलमा अवसर सिर्जना गरेपछि डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिखले एटलेटिको म्याड्रिडलाई ४–० ले हरायो । समूह ‘ए’ मा प्राप्त यो सफलतासँगै बायर्नले प्रतियोगितामा लगातार १२ औं जित निकाल्यो ।

बायर्नका लागि लियोन गोरेटज्का र कोरेन्टिन टोलिसोले पनि गोल गरे ।