२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साख्तरसँग रियलको ३–२ गोलको हार



अ+ अ-

लन्डन । युरोपेली च्याम्पियन्स लिगको समूह ‘बी’ को सुरुआती लिग चरणको खेलमा रियल म्याड्रिडलाई स्तब्ध पार्दै साख्तर डोनेस्कले बुधबार  ३–२ को जित निकालेको छ । कोरोना भाइरस संक्रमणका कारण आफ्ना १० खेलाडी गुमाएको स्थितिमा पनि साख्तर बर्नाबाउमा प्रभावशाली टोली रियललाई हराउन सफल भएको हो । 

पहिलो हाफमै साख्तर अविश्वसनीय रूपमा ३–० ले अगाडि रहेको थियो । त्यसमा टेटे र मनोर सोलोमनले गोल गरे भने एक गोल राफेल भारानेको नाममा आत्मघाती रह्यो । जिनेदिन जिदानको टिमका लागि लुका मोडरिचले पहिलो गोल गरेयता सब्स्टिच्युट भिनिसिय जुनियरले अर्को गोल फर्काए । दिनका अन्य खेलमा भने ठूला टिम विजयी रहे । विन्गर किंग्सली कोमनले दुई गोल गर्दै अर्को गोलमा अवसर सिर्जना गरेपछि डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिखले एटलेटिको म्याड्रिडलाई ४–० ले हरायो । समूह ‘ए’ मा प्राप्त यो सफलतासँगै बायर्नले प्रतियोगितामा लगातार १२ औं जित निकाल्यो ।

बायर्नका लागि लियोन गोरेटज्का र कोरेन्टिन टोलिसोले पनि गोल गरे ।