२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी, पोखराबाट ल्याउने तयारी



अ+ अ-

काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको निवेदनमा अदालतले कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत ठगीमा अनुसन्धान गर्न लामिछाने र जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अहिले उहाँहरु दुवै जना पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धान गर्न कास्की प्रहरीको हिरासतमा छन् ।

पक्राउ पुर्जी जारी भएसँगै दुवैलाई छिट्टै कास्कीबाट झिकाएर बयान लिने प्रहरीको तयारी छ । हिरासतमै रहेका बेला बुटवलस्थित सुप्रिम सहकारी ठगीमा पनि अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले दुवैविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

रूपन्देही प्रहरीले दुवै जनालाई कास्कीबाट झिकाएर बयान लिइसकेको छ । काठमाडौं प्रहरीले स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ । गोर्खा मिडिया नेटवर्कमा लामिछाने प्रबन्ध निर्देशक र जोशी उपाध्यक्ष रहेका बेला स्वर्णलक्ष्मी सहकारीको रकम लगेर अपचलन गरेको प्रकरणमा काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको हो । उक्त सहकारी ठगीमा लामिछाने र जोशीको पनि संलग्नता भेटिएपछि अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी लिइएको प्रहरीले स्रोतसले जनाएको छ ।