८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

चिडियाखानालाई ललितपुर महानगरको आर्थिक सहयोग

चिडियाखानालाई ललितपुर महानगरको आर्थिक सहयोग
अ+ अ-

काठमाडौं । ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । 

आर्थिक अभावका कारण चिडियाखानामा रहेका बन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बिहीबार महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जनले चिडियाखानाका आयोजना अधिकृत डा. चिरन्जीबी पोखरेललाई सहयोग बापतको चेक हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर महर्जनले कोभिड संक्रमणका कारण चिडियाखानाको आम्दानीको स्रोत बन्द भएकोले आर्थिक समस्या परेको अवस्थामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराएको बताउनुभयो । आगामि दिनमा आवश्यकता अनुसार आर्थिक सहयोग रकम जुटाउन महानगर प्रतिवद्ध रहेको पनि उहाँले बताउनुभयो ।

सदर चिडियाखानाका आयोजना अधिकृत डा. पोखरेलले कोभिड संक्रमणको जोखिमका कारण चिडियाखाना बन्द रहँदा आम्दानी ठप्प रहेको बताउनुभयो । चिडियाखानामा वार्षिक १५ करोड रुपैयाँ भन्दा बढी खर्च हुने गर्छ भने चिडियाखाना भित्र रहेका बन्यजन्तुको खानपिनका लागि करिब ३ देखि ४ करोड रुपैयाँ खर्च हुने पोखरेलले बताउनुभयो । चिडियाखानामा १ सय १० प्रजातिका १ हजार ६८ बन्यजन्तु रहेका छन् ।

आर्थिक अभावका कारण चिडियाखानाका कर्मचारीले आधा महिनाको तलब लिएर काम गरिरहेको पनि डा. पोखरेलले बताउनुभयो । वित्तीय हिसाबले ऋणात्मक अवस्थामा पुगेको चिडियाखाना सरकारको सम्पत्ति हो । विगत २० वर्ष देखि चिडियाखना आफ्नै आम्दानीबाट सञ्चालन हुँदै आएको छ । अहिले कोभिड १९ का कारण पूर्ण रुपमा बन्द गर्नुपर्दा आम्दानी शुन्य भएको छ ।