८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

सबै कागजात उपलब्ध गराउँदा पनि नारिकता दिइएन

सबै कागजात उपलब्ध गराउँदा पनि नारिकता दिइएन
अ+ अ-

पाँचथर । पाँचथरको हिलिहाङ ६ जोरपोखरी बस्ने योगराज राईको नागरिकताको प्रमाणपत्र हराएको एक वर्ष भयो । गत वर्ष काठमाडौँको कोटेश्वरमा पकेटमारले आफ्नो  सक्कल नागरिकताको प्रमाणपत्र सहितको पर्स चोरेको उहाँले बताउनुभयो । सक्कल नागरिकताको प्रति हराएपछि प्रतिलिपि बनाउनका लागि जिल्ला प्रशासन कार्यालय धाएको एक हप्ता बित्दा पनि  उहाँले प्रतिलिपि पाउनुभएन । 

प्रतिलिपिका लागि पुरानै नागरिकताको प्रतिलिपि, अनुसूचिबमोजिम  भरेको फाराम, बसाइँसराइँको प्रमाणपत्र,मतदाता परिचयपत्र, वडा कार्यालयको सिफारिस,छोराको नागरिकताको प्रतिलिपि ,श्रीमतीको नागरिकताको प्रतिलिपि र भोजपुर जिल्लाको अभिलेख डढेर नष्ट भएको जानकारीपत्र सहितको नागरिकता लिन आवेदन गर्दा पनि आफूलाई उक्त कार्यालयले नागरिकता दिन नमानेको राईको गुनासो थियो  । 

भोजपुर जिल्लाबाट पाँचथरमा बसाइँसराइँ गरेर आउनुभएका उहाँले आफ्नो वा श्रीमतीको नाममा  जग्गाको रजिष्ट्रेशन गराउनु्पर्नेमा नगरेका कारण  उहाँको नागरिकता रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा गुरागाईले भन्नुभयो,“ उहाँले आफू सरकारी जग्गा हडपेर बसिरहेको तर  कार्यालयमा  आफ्नो वा श्रीमतीको नाममा रहेको जग्गाको धनीपुर्जा ल्याउन भन्दापनि  सक्नुभएन् त्यसैकारण प्रतिलिपि नदिइएको हो ।” राईको नागरिकता भोजपुर जिल्ला प्रशासन कार्यालयले ०४६ साल असार ६ मा बनाइदिएको थियो । 

उहाँ  ०५६ सालमा पाँचथरमा बसाइँसराइँ गर्नुभएको बसाइँसराइँको पत्र भने ०६६ साल चैत्र १० गते मात्रै ल्याउनुभएको थियो । उहाँकै  नागरिकताबाट श्रीमतीको ०६९ साल फागुन २४ गते छोरा अनिलको ०७५ साल वैशाख १३ गते नागरिकता बनाइएको थियो । यतिका प्रमाण हुँदा पनि प्रशासनले नागरिकता बनाइ नदिँदा आफूलाई दुःख लागेको गुनासो गर्दै राईले भन्नुभयो,“  जिल्ला प्रशासनले नागरिकता दिएनभने अदालतको ढोका ढकढक्याउन पनि पछि पर्दिन् ।” 

गैर सरकारी संस्था महासङघ प्रदेश १ का सहसचिव बालकृष्ण ओझाले पनि यतिका धेरै आधार भएर पनि जिल्ला प्रशासनले राईको नागरिकताको प्रतिलिपि नबनाउनु दुखद भएकाले अविलम्व बनाइदिन आग्रह गर्नुभयो ।