३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्री नेसन्स कप : अफगानिस्तानविरुद्ध नेपालको शानदार जित



अ+ अ-

काठमाडौं । ताजकिस्तानमा जारी थ्री नेसन्स कपमा नेपालले अफगानिस्तानलाई २–० गोलको शानदार जित हात पारेको छ ।

ताजकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा हिजो साँझ भएको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको हो ।

नेपालको जितका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले एक–एक गोल गरे । कार्कीले खेलको ४६ औं मिनेटमा पहिलो गोल गरे भने चन्दले ७८ मिनेटमा नेपालका लागि दोस्रो गोल गरेका थिए ।

यसअघि नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० ले पराजित भएको थियो ।

फिफा वरियतामा अफगानिस्तान नेपालभन्दा २५ स्थानमाथि छ । पछिल्लो फिफा वरियतामा अफगानिस्तान १५१ औं स्थानमा रहँदा नेपाल १७६ औँ स्थानमा छ ।