५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्री नेसन्स कप : अफगानिस्तानविरुद्ध नेपालको शानदार जित



अ+ अ-

काठमाडौं । ताजकिस्तानमा जारी थ्री नेसन्स कपमा नेपालले अफगानिस्तानलाई २–० गोलको शानदार जित हात पारेको छ ।

ताजकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा हिजो साँझ भएको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको हो ।

नेपालको जितका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले एक–एक गोल गरे । कार्कीले खेलको ४६ औं मिनेटमा पहिलो गोल गरे भने चन्दले ७८ मिनेटमा नेपालका लागि दोस्रो गोल गरेका थिए ।

यसअघि नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० ले पराजित भएको थियो ।

फिफा वरियतामा अफगानिस्तान नेपालभन्दा २५ स्थानमाथि छ । पछिल्लो फिफा वरियतामा अफगानिस्तान १५१ औं स्थानमा रहँदा नेपाल १७६ औँ स्थानमा छ ।