४ भाद्र २०८३, बिहीबार
,
Latest
६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आणविक वार्ताका लागि तयार छौँः इरान



अ+ अ-

एजेन्सी । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अन्य पक्षहरू आणविक वार्ताका लागि तयार भए आफूहरु पनि परमाणु वार्ताका लागि तयार रहेको बताउनुभएको छ ।

इरानको परराष्ट्र मन्त्रालयले इरानको राजधानी तेहरानको भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए) का महानिर्देशक राफेल ग्रोसीसँगको भेटपछि उहाँले उक्त टिप्पणी गर्नुभएको हो ।

अराघचीले ग्रोसीसँगको आफ्नो वार्तालाई राम्रो र रचनात्मक भनेर वर्णन गर्नुभयो । दुई पक्षले इरान, एजेन्सी र अन्य पक्षहरू बीचको आणविक मुद्दा सम्बन्धी तनाव कम गर्न नयाँ मार्ग पहिल्याउने विश्वास व्यक्त गर्नुभयो ।

ग्रोसीसँगको बैठकपछि इरानका आणविक प्रमुख मोहम्मद इस्लामीले तेहरानले देश विरुद्ध आईएईए बोर्ड अफ गभर्नरले जारी गरेको कुनैपनि प्रश्तावलाई तत्काल जवाफ दिने चेतावनी दिनुभयो ।

एक संयुक्त पत्रकार सम्मेलनमा इस्लामीले इरानलाई दबाबबाट प्रभावित नहुने र आफ्नो राष्ट्रिय हितको ढाँचामा आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाउने बताउनु भयो । इरानी आणविक प्रमुखले आईएईएसँग अन्तरक्रिया कायम राख्ने इच्छा पनि व्यक्त गर्नुभयो ।

आफ्नो पक्षको लागि ग्रोसीले इरानको आणविक केन्द्रहरूमा आक्रमण गर्नु नहुनेमा जोड दिनुभयो ।

इजरायलले इरानका आणविक स्थलहरूमा आक्रमण गर्ने धम्कीको बारेमा सोधिएको प्रश्नको जवाफमा उहाँले आणविक प्रतिष्ठानहरू कुनैपनि आक्रमणको अधीनमा हुन नहुने कुरामा जोड दिनुभयो ।