३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आणविक वार्ताका लागि तयार छौँः इरान



अ+ अ-

एजेन्सी । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अन्य पक्षहरू आणविक वार्ताका लागि तयार भए आफूहरु पनि परमाणु वार्ताका लागि तयार रहेको बताउनुभएको छ ।

इरानको परराष्ट्र मन्त्रालयले इरानको राजधानी तेहरानको भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए) का महानिर्देशक राफेल ग्रोसीसँगको भेटपछि उहाँले उक्त टिप्पणी गर्नुभएको हो ।

अराघचीले ग्रोसीसँगको आफ्नो वार्तालाई राम्रो र रचनात्मक भनेर वर्णन गर्नुभयो । दुई पक्षले इरान, एजेन्सी र अन्य पक्षहरू बीचको आणविक मुद्दा सम्बन्धी तनाव कम गर्न नयाँ मार्ग पहिल्याउने विश्वास व्यक्त गर्नुभयो ।

ग्रोसीसँगको बैठकपछि इरानका आणविक प्रमुख मोहम्मद इस्लामीले तेहरानले देश विरुद्ध आईएईए बोर्ड अफ गभर्नरले जारी गरेको कुनैपनि प्रश्तावलाई तत्काल जवाफ दिने चेतावनी दिनुभयो ।

एक संयुक्त पत्रकार सम्मेलनमा इस्लामीले इरानलाई दबाबबाट प्रभावित नहुने र आफ्नो राष्ट्रिय हितको ढाँचामा आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाउने बताउनु भयो । इरानी आणविक प्रमुखले आईएईएसँग अन्तरक्रिया कायम राख्ने इच्छा पनि व्यक्त गर्नुभयो ।

आफ्नो पक्षको लागि ग्रोसीले इरानको आणविक केन्द्रहरूमा आक्रमण गर्नु नहुनेमा जोड दिनुभयो ।

इजरायलले इरानका आणविक स्थलहरूमा आक्रमण गर्ने धम्कीको बारेमा सोधिएको प्रश्नको जवाफमा उहाँले आणविक प्रतिष्ठानहरू कुनैपनि आक्रमणको अधीनमा हुन नहुने कुरामा जोड दिनुभयो ।