लन्डन । प्रिमियर लिग क्लब आर्सनलले र्यापिड भिएनालाई २–१ ले हाराएको छ । आर्सनलका लागि एक गोलले पछाडि रहेको स्थितिमा डेविड लोयस र पिएरे इमेरिक अबमेयाङले गोल गरे । लेस्टर सिटीले भने घरमा जोरयामाथि ३–१ को जित दर्ता गर्यो । अर्को खेलमा एसी मिलानले सेल्टिकलाई उसकै घरमा ३–१ ले हरायो ।
त्यसमा राडे क्रुनिच, ब्राहिम डियाज र जेन्स पिटरले गोल गरे ।










