२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानायक पद न मैले कहिल्यै दाबी गरेँ, न गर्नेछु – दीपकराज गिरी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरीले आफूले कहिल्यै पनि महानायक दाबी नगरेको र नगर्ने भन्दै प्रतिक्रिया दिएका छन् ।

गिरीले बारम्बार आग्रह गर्दा पनि आफूलाई महानायक भन्ने गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

“आजबाट जसजसले मलाई महानायक सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दै छु,” दीपक फेसबुकमा लेख्छन्, “यो पद न मैले कहिले दाबी गरेको थिएँ, न गर्नेछु ।”

अरुलाई गाली नगर्न पनि उनले आग्रह गरेका छन् । “तर, मैले बारम्बारभन्दा पनि भेडापन्थि देखाउने मानिस कमसेकम मेरो फेसबुकमा जोडिन सक्दैन,” उनले थप लेखेका छन्, “फरक विचारलाई स्वागत, असभ्यता अस्वीकार ।”