२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

काठमाडौंका मुख्य चोक-चोकमा किसानका खसीबोका, हेरौ यी तस्विर

काठमाडौंका मुख्य चोक-चोकमा किसानका खसीबोका, हेरौ यी तस्विर
अ अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा यसपटक किसानले ल्याएको खसीबोका न्यून देखिएको छ । 

कोभिड १९ संक्रमणको जोखिमका कारण यसपटक किसानहरुले प्रयाप्त संख्यामा खसीबोका विक्रीका लागि ल्याउन सकेका छैनन् । काठमाडौंमा नजिकका जिल्लाहरु धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलान्चोक लगायतका जिल्लाबाट किसानहरुले सिधै खसीबोका ल्याएर विक्री गर्ने गरेका छन् ।

आजको दिन काठमाडौंका मुख्य चोकहरुमा पुग्दा किसानहरुले खसीबोका विक्रीका लागि राखेको देखिन्छ । तर यसपटक गत वर्ष जस्तो व्यापार नभएको किसानहरुले बताएका छन् । कोरोना संक्रमणको जोखिमका कारण प्रयाप्तसंख्यामा खसीबोका ल्याउन समेत नसकेको उनीहरुले बताए । यसरी काठमाडौं आइपुग्ने खसीबोकाको विक्री वितरण अनौपचारीक रुपमा हुने र अन्य व्यवसायीहरुले काठमाडौंमा ल्याएर विक्री गर्नेभन्दा सस्तोमा पाउने भएकाले पनि ग्राहकको भिड लाग्ने गरेको छ । तर यसपटक कोरोनाको संक्रमण जोखिमका कारण ग्राहकको भिड पनि देखिएन । धेरैवर्ष देखि काठमाडौंमा यसैगरी दशैंको समयमा खसीबोका विक्री गर्दै आएका किसानहरुले गाउँमा समेत खसीबोकाको मूल्य बढेको र प्रयाप्त मात्रामा नपाइएका कारण ग्राहकले गतवर्ष भन्दा भढी मूल्य तिर्नुपर्ने बताए ।
 
काठमाडौंमा यसरी किसानले स्वयं खसीबोका विक्री गर्दा पशुचौपायाँको विक्री गर्दै आएका विभिन्न व्यवसायीक संस्थाहरुले भने विरोध गर्ने गरेका छन् । तर काठमाडौंका ग्राहकले सिधै किसानसँग किन्न पाइने र खसीबोका निरोगी हुने साथै ठगिने डर कम हुने भन्दै आकर्षण देखाउने गरेका छन् । किसानहरुले काठमाडौंमा षष्ठिको दिन खसीबोका ल्याउने र नवमिको दिन सम्म विक्री गर्ने गरेका छन् ।