• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन ★   उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपति भेट, के भयो कुरा ? ★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई ★   आगोले जलेर आमाछोराको मृत्यु ★   जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता ★   ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता ★   अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली ★   आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मकः पूर्वअर्थमन्त्री पौडेल ★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं साँखुका किसानहरु यसरी रमाउदै आलुखेतीमा, हेरौ तस्बिरमा



काठमाडौं । काठमाडौंको उत्तरपूर्वी क्षेत्र हिउँदे आलुको लागि प्रख्यात छ । किसानहरुले यो वर्षको आलु रोपेर हरियो भइसकेको छ ।  

काठमाडौंको शहरी क्षेत्र कोरोना संक्रमणको जोखिमसँग जुधिरहेको समयमा काठमाडौंको साँखु क्षेत्रका जनता भने हिउँदे आलुको गोडमेलमा व्यस्त देखिएका छन् । बाहिरी मान्छे कमै पुग्ने अनि संक्रमणको जोखिम पनि कम भएकोले किसानहरु निस्फीक्री खेतमा काम गरिरहेका छन् । काठमाडौंको साँखु क्षेत्रको आलुको बजार हिस्सा ठूलो नभएपनि वषौंदेखि व्यवसायिक खेती नै हुदै आएको छ ।

उपभोक्ताले धेरै रुचाउने र बजारको समस्या नभएको कारण किसानहरुले आलु खेती गर्दै आएको बताएका छन् । बढ्दो शहरीकरणको असर साँखु क्षेत्रमा पनि परेको छ । खेती योग्य जमिन प्लटिङ्ग गरी घडेरीमा परिणत हुन थालेपछि किसान चिन्तित बनेका छन् । सरकारले ल्याएको भू–उपयोग नीतिले यस्ता खेतीयोग्य जमिनको खण्डीकरण रोक्न सके साँखु क्षेत्रको मौलिक कृषि प्रणाली जोखिने छ ।