३० कार्तिक २०८१, शुक्रबार
,
Latest
बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि: मन्त्री खड्का स्थानीय तह उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध छः गृहमन्त्री लेखक रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन गर्न अझै डेढमहिना लाग्ने उपनिर्वाचनमा कसैप्रति आग्रहरपूर्वाग्रहको अवस्था बन्न दिनु हुँदैनः महामन्त्री शर्मा शंकर पोखरेलको दाबीः जनताले प्रमुख दलहरुबाट नै मुलुक सुधारको अपेक्षा गरेका छन् अतिक्रमित संरचना हटाउने क्रममा अवरोध गरेपछि सुमन सायमिसहित ४ जना पक्राउ ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार एमाले जनताको रोजाइको पार्टी – महासचिव पोखरेल समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको छः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्डका बोपारा चितवन राइनोजमा



अ+ अ-

काठमाडौं । इंग्ल्यान्डका अनुभवी खेलाडी रवि बोपारा नेपाल प्रिमियर लिग (एनपीएल)का लागि चितवन राइनोजमा अनुबन्ध भएका छन् ।

बोपाराले मंसिर १५ देखि सुरु हुने एनपीएलमा चितवन राइनोजबाट खेल्नेछन् । राइनोजले बोपारालाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको जनाएको छ ।

बोपारा चितवनमा अनुबन्धित हुने पाँचौ विदेशी खेलाडी हुन् । चितवनले यसअघि नै दक्षिण अफ्रिकाका मर्चेन्ट डे ल्याङ, इंग्ल्ल्याण्डका लुक बेन्केनस्टेइन, अफगानिस्तानका हसन एइसाखिल र नामिबियाका जान निकोल लोफ्टी–इटनलाई अनुबन्ध गरिसकेको छ ।

३९ वर्षीय भेट्रान ब्याटिङ अलराउण्डर बोपाराले इंग्ल्यान्डका लागि १३ टेष्ट, १२० ओडिआई र ३८ टी२०आई खेल खेलेका छन् । उनी ओपनिङ र मिडल अर्डर दुवै पोजिसनमा ब्याटिङ गर्न सक्षम खेलाडी हुन् ।

दायाँहाते ब्याट्सम्यानले आफ्नो करियरमा ४७८ टी२० खेलमा ९ हजार ४८६ रन बनाएका छन् भने २९१ विकेट पनि लिएका छन् ।

उनले इंग्ल्याण्डको राष्ट्रिय टिमबाहेक आईपीएल, बीबीएल, पिएसएल, सीपीएल, एलपीएललगायत विश्वका धेरै फ्रेन्चाइज टी२० लिग खेलेका छन् । भाइटालिटी टी२० ब्लास्ट र दी हन्ड्रेडमा गरी ५ हजार भन्दा बढी रन बनाएका छन् ।

युवा अलराउण्ड कुशल मल्ल मार्की प्लेयर रहेको चितवनमा भेट्रान खेलाडी सरद भेस्वाकर पनि छन् । यस्तै प्रशिक्षकमा उमेश पटवाल छन् । एनपीएल यही मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुँदै छ ।