२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

भृकुटीमण्डपमा जे देखियो, तस्विर सहित

भृकुटीमण्डपमा जे देखियो, तस्विर सहित
अ अ+ अ-

काठमाडौं । दशैं शुरु भएपनि यस वर्ष विगतको वर्षहरुमा जस्तै बजार क्षेत्रमा चहलपहल देखिएन् । व्यापार पनि कम भएको व्यापारीहरुले बताउँदै आएका छन् । कोरोना संक्रमणको जोखिमका कारण मानिसहरु घरबाट किनमेलका लागि खासै बाहिर निस्किएका छैनन् । काठमाडौंको भृकुटीमण्डपमा रहेको सस्तो बजारमा पनि खासै चहलपहल देखिएको छैन् । 

काठमाडौंको भृकुटीमण्डपमा रहेको सस्तो बजार निम्न वर्गका लागि किनमेल गर्ने मूख्य बजार हो । तर यस वर्ष यो बजारमा खासै चहलपहल देखिएको छैन् । व्यापारीहरुले ग्राहक नआउँदा दुई तीनदिनमा एकपटक मात्रै बोहनी हुने गरेको बताउँछन् । कोभिड १९ संक्रमण जोखिम रोकथामका लागि लामो समय लकडाउन हुँदा मानिसहरुको आम्दानी गुमेको छ । खासगरी निम्न वर्गहरु यसबाट अझबढी प्रभावित भएका छन् । त्यसैलेपनि यो बजारमा आउने ग्राहकहरु यस वर्ष कम छन् । भृकुटीमण्डपको यो बजार असोज ३ गते यता निरन्तर खुल्दै आएको छ । दशैंको बेलामा पनि व्यापार कम भएपछि व्यापारीहरु चिन्तित देखिन्छन् । अघिल्लो वर्ष भन्दा यस वर्ष ७५ प्रतिशत व्यापार भटेको उनीहरुको भनाई छ ।
 
सस्तो र राम्रो सामान पाउने भएकाले पनि यो बजारमा मानिसहरु किनमेलका लागि पुग्ने गर्छन । यो बजारमा लत्ताकपडा, भाँडाकुँडा, विद्युतीय सामग्रीहरु सस्तोमा पाउन सकिन्छ । तुलनात्मक रुपमा अन्य बजारमा भन्दा यो बजारमा निकै सस्तो र राम्रो समान पाउने भएकाले निम्न वर्गका लागि किनमेल गर्न उपयुक्त छ । बजारमा भेटिएका ग्राहकहरुले पनि राम्रो र सस्तो समान पाउने भएकाले आफुहरु किनमेलका लागि भृकुटीमण्डपमै आउने गरेको बताएका छन् ।

भृकुटीमण्डपको सस्तो बजार ठूलो पनि छ । अन्य बजारमा भन्दा तुलनात्मक रुपमा सस्तोमा समान पाउन सकिन्छ । त्यसैलेपनि मानिसहरु यो बजारमा किनमेलका लागि आउने गर्छन् । तर यस वर्ष कोरोना महामारीका कारण मानिसहरुको क्रयशक्ति घटेकोले किनमेलका लागि आएको देखिदैन । त्यसैले विगतका दशैंमा निकै भिड हुने यो बजार यसपटक सुनसान देखिएको छ ।