२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

खेर जाँदै सयपत्री फूल, फूल बिक्री नहुँदा किसान चिन्तित

खेर जाँदै सयपत्री फूल, फूल बिक्री नहुँदा किसान चिन्तित
अ अ+ अ-

काठमाडौं । काठमाडौं आसपासका क्षेत्रमा यतिवेला किसानले लगाएको सयपत्री फूल फूलिसकेको छ । यसवर्ष अधिकमास परेका कारण दशैं र तिहार करिब एक महिना पछाडि सरेको छ । किसानले तिहारका लागि भन्दै फूल खेती गर्दै आएका छन् । तर यसपटक फूल फूल्ने समय भन्दा तिहार पछाडि छ । जसका कारण तिहार आइपुग्दासम्म सयपत्री फूल सुकिसक्ने देखिएको छ । 

फूलको माग हुने समयमा फूल फूलेर पनि सुकिसक्ने भएपछि किसानहरु चिन्तित देखिएका छन् । दशैंको समयमा फूल प्रयोग र विक्री कम हुन्छ । काठमाडौं इचङ्गुनारायण क्षेत्रका किसानहरुले वर्षौंदेखि फूल खेतिगर्दै आएका छन् । यस क्षेत्रका किसानले तिहार लक्षित गरेर उत्पादन गरेको फूल यस वर्ष त्यसै खेर जाने भएको छ । दशैंमा पूmलको प्रयोग कम हुने र तिहार सम्म यो फूल रहन नसक्ने भएपछि किसानको आम्दानी समते घट्ने भएको छ ।

अहिले फूल ढकमक्क फूलिसकेको छ र बढीम एक हप्ता सम्म मात्र बोटमा रहन सक्छ । टिपिसकेको फूल बढीमा तीन दिन मात्र रहन सक्छ । फूलबाट हुने आम्दानी घटेपछि तिहार कसरी मनाउने भन्ने अप्ठेरो पनि किसानहरुलाई परेको छ । इचङ्गु क्षेत्रका किसानहरुले फूलको माला, फूलको गुच्छा र थुँगा विक्री गर्दै आएका छन् । अघिल्लो वर्ष एक गुच्छा फूलको १५ रुपैयाँको दरले विक्री गरेका किसानले यो वर्ष ५ रुपैयाँले बेच्छु भन्दापनि ग्राहक पाउन नसकेको गुनासो गरे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ । यसबाहेक काठमाडौंका साना ठूला मन्दिरहरुमा चाडपर्व बाहेक दिनहुँ हुने नित्य पूजा र दर्शनार्थीले प्रयोग गर्ने फूल उपत्यकाको काँठ क्षेत्रबाट आउँदछ । तर यस वर्ष कोरोना संक्रमणका कारण अधिकांश मठमन्दिर दर्शनार्थिका लागि बन्द हुँदा पनि फूलको व्यापारमा असर परेको छ । इचङ्गु क्षेत्रसँगै काठमाडौंको दक्षिणकाली छैमले क्षेत्रबाट पनि फूल आउने गर्दछ । यस क्षेत्रको किसानको बैकल्पिक आयको स्रोत पनि फूल नै हो । किसानहरुले सयपत्री, मखमली र गोदावरी फूल उत्पादन गर्दै आएका छन् । व्यवसायिक रुपमा फूल खेतिगर्दै आएका किसानहरु पनि फूलविक्री नभएपछि चिन्तित छन् ।